श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि खोटाङमा दोभाषे सेवा

दोभाषे सेवा सुरु गर्नका जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रम ।

खोटाङ । खोटाङका श्रवण शक्ति नभएका व्यक्तिहरूले अब सरकारी तथा गैरसरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउने भएका छन् । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशको पहलमा जिल्लामा पहिलो पटक दोभाषे सेवा सुरु गरिएको हो ।

अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यका अनुसार दश स्थानीय तह रहेको जिल्लामा यसअघि कुनै पनि कार्यालयमा दोभाषे सेवा उपलब्ध थिएन । यसले गर्दा श्रवण शक्ति नभएका व्यक्तिहरूलाई सेवा लिन निकै कठिनाइ हुँदै आएको थियो । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले एक जना दोभाषे कर्मचारी उपलब्ध गराएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

हाल दोभाषे सेवाका लागि अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउण्डेसनमार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । दोभाषे सेवासम्बन्धी काम गर्न खोटाङ आएकी पूजा दाहालका अनुसार यस सेवा’bout प्रचारप्रसार गर्दै स्थानीय तहहरूसँग सहकार्य गरेर सेवा विस्तार गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर मंसिर १८ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको यो सेवा २०८२ साल असार मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा कुल चार हजार ९२२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । जसमध्ये ५३२ जना श्रवण शक्ति नभएका व्यक्तिहरू रहेको जिल्ला अपाङ्ग सेवा सङ्घले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालनमा छ ।

एक वर्षअघि कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनबीच भएको त्रिपक्षीय सम्झौताअनुसार सञ्चालित यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी