गर्भवती महिलाको मृत्यु ‘शंकास्पद’

पाँचथर । जिल्लाको मिक्लाजुङ–२, सराङडाँडामा एक गर्भवती महिलाको शंकास्पद मृत्यु भएको छ । सराङडाँडास्थित बतासेकी २४ बर्षीया मुना पौडेल वैशाख ८ गते बिहान घर नजिकै टाँकिको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर घटनाको प्रकृति हेर्दा मुनाको आत्महत्या नभई हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा निवेदन दिएका छन् ।

घटनाको ’boutमा वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन आएको प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिए । मुनाका मामा दुर्गाबहादुर थापाका अनुसार मुनाको शरीरमा निलडाम र चोट देखिएको थियो । अनुहारमा चोट भई खुन समेत लत्पतिएको भेटिएकाले उनको आत्महत्या नभई हत्या भएको माइती पक्षले बताएका छन् ।

मुनाले घरमा सासु–ससुरा र श्रीमानले आफूलाई राम्रो ब्यवहार नगर्ने बताउने गरेको मुनाका मामा दुर्गाबहादुरले बताए । आफूमाथि कुटपिट भइरहने भन्दै मुना गत फागुन १४ गते माइतीघर आइ बसेको उनले बताए । वैशाख ३ गते श्रीमान जीवन अधिकारी लिन आई सम्झाई–बुझाई गरेर मुनालाई माइतीबाट ज्वाईंको साथमा घर पठाइएको बताइएको छ ।

श्रीमानसँगै घर गएकी मुना वैशाख ८ गते बिहान घर नजिकै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । अधिकारी परिवारले भने मुनाको हत्या नभएको दाबि गर्दै आएको छ । मुनाका श्रीमान जीवनले प्रहरीलाई दिएको बयान अनुसार बाबु–आमासँग मुनाको बिवाद भएपछि उनीहरु छुट्टिएर बस्दै आएका थिए । बेलुकी सँगै सुतेको तर बिहान ब्युँझिदा श्रीमतिलाई नदेखेपछि बाहिर निस्कदा झुन्डिएको अवस्थामा देखेको उनले बताएका छन् ।

मृतक मुना सात महिनाको गर्भवती थिइन् । यसअघि उनको चार बर्षको छोरी र डेढ बर्षको छोरा छन् । उनको धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्डम गरिएको छ । प्रहरी निरिक्षक अर्यालका अनुसार मृतक मुनाका श्रीमान जीवनलाई प्रहरीले निगरानीमा राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई