एनआरटी इलाम गोल्डकपको सेमिफाइनलमा

इलाम । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा जारी ‘दोस्रो इलाम गोल्ड कप’मा डिफेन्डिङ च्याम्पियन न्युरोड काठमाडौं (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार जिटिए ११ दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गरेर एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३७ मिनेटमा न्युरोडका अविशेक लिम्बुले डिबक्सभित्र फल्ड गरेपछि पेनाल्टीमार्फत् दार्जिलिङले खेललाई अगाडी बढाएको थियो । खेलको ४२ मिनेटमा न्युरोडका नेमारले गोल गर्दै खेललाई बराबरी बनाए । खेलको ८४ औ मिनेटमा न्युरोडका मार्टिनले गोल गर्दे टिमलाई अग्रता बनाए । उक्त गोल लेनै टिमको सेमिफाइनलको यात्रा दिलायो ।

न्युरोडले सुरुमा निकै दबाबमा राखे पनि गोल गर्न सकेको थिएन । खेलको आड मिनेटमा वान भर्सेस वानको अवस्थामा मोहित गुरुङ चुके । ११ औ मिनेटमा नेमारको डिबक्स भित्रको प्रहार बारमा ठोकिएर फर्कियो । १३ औ मिनेटमा अञ्जन बिस्टको प्रहार गोल रक्षकको हातमा प¥यो । १६ औ मिनेटमा कर्नरबाट पाएको अवसर अविशेक लिम्बुले हेडमार्फत पाए पनि सदुपयोग गर्न सकेनन् ।

१८ औ मिनेटमा सरोज तामाङले हेडमार्फत नेमारलाई अवसर दिलाए पनि पोल माथिबाट बाहिरिन पुग्यो । २९ औ मिनेटमा नेमारको प्रहार गोल किपरले सेभ गरे पनि न्युरोडले पटक पटक बनाएको मुभलाई फिनिसिङमा चुक्यो । ३३ औ मिनेटमा जय गुरुङले बनाएको अवसरमा अविशेक र अञ्जन झुक्एिपछि गोल बाहिरिन पुग्यो । खेलको ५२ औ मिनेटमा नेमारले किपर मात्रै हुँदा गरेको प्रहार बाहिरियो । ६९ औ मिनेटमा अञ्जन विस्टले पाएको अवसर पोल माथि प¥यो । ८२ औ मिनेटमा नेमारले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

यता जिटिए दार्जिलिङले खेलको ७ औ मिनेटमा सन्दीप दर्जेको पास सदुपयोग गर्न सकेन । २३ औ मिनेटमा सन्दीपकै अवसर चुक्न पुग्यो । ३१ औ मिनेटमा आशिष् देवानको प्रहार किपरको हातमा प¥यो । मध्यान्तर पछि खेल सुधार गर्दै आएको दार्जिलिङले ४९ औ मिनेटमा अनिमेश गुरुङले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ५१ औ मिनेटमा डिबक्स भित्र सन्दीप र देवशिष राई चुक्न पुगे ।

५४ औ मिनेटमा देवशिषको पासमा सन्दीपले पाएको अवसर खेर गयो । ५७ औ मिनेटमा देवशिषले गरेको प्रहार गोल पोस्टमा परेन । ६१ औ मिनेटमा अनिमेष गुरुङको उत्कृष्ट प्रहार न्युरोडका डिफेन्डर आशिष् गुरुङले हेड मार्फत जोगाए । ७५ औ मिनेटमा पाएको अवसर सन्दीपले प्रहार गर्न खोज्दा आफ्नै खुट्टाबाट बाहिर पुग्यो ।

८३ औ मिनेटमा अनिमेषको पासबाट पाएको अवसर आशिष् देवानले सदुपयोग गर्न नसके पछि जिटिए दार्जिलिङ पहिलो खेलबाटै घर फर्कियो । खेलको म्यान अफ द म्याज न्युरोडका मिडफिल्डर जय गुरुङ घोषित भए । सोमबार विभागीय टिम आर्मी र चर्ज ब्वईज काठमाडौँ बिच हुने आयोजकले जनाएको छ ।
जेटिए दार्जिलिङका कोच लाक्पा सेर्पाले भर्खरै बनाएको टिम र यो टिमले दोस्रो म्याच मात्रै खेलेको भए पनि उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । टिम व्यवस्थापन भई नसकेको कारण खेलाडी बिच तालमेल नमिलेको भन्दै डिफेन्डीङ च्याम्पियन सँग आफ्नो टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए ।

यता न्युरोडका कोच जीवन सिन्केमानले आफ्नो टिममा उत्कृष्ट खेलाडी भए पनि त्यो अनुसारको खेल प्रदर्शन गर्न नसकेको बताए । उनले नेपालको क्लबको अवस्था देखाउँदै यो सिजनको म्याच भर्खर सुरु भएको र खेलाडीहरूले प्राक्टिस गर्न नपाएको कारण खेल सोचेजस्तो नभएको भन्दै साना कमजोरीलाई आगामी खेलमा सुधार गर्ने बताए ।

आठ टिम सहभागी प्रतियोगिता २९ सम्म सञ्चालन हुने । गोल्ड कपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्ष सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ