लगातार ३ खेल हारेको लुम्बिनी पहिलो पटक बिजयी

काठमाडौं । लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई हराउँदै पहिलो जित हासिल गरेको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेर पहिलो पटक बिजयी भएको हो । यसअघि तीनवटा खेल हारेर अंक तालिकामा पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लय सम्हाल्दै बिजयी हुन सफल भएको हो ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडन सफल भयो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए भने चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।
 

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति