भोजपुरका संक्रमित युवा : मावली, ससुराली हुँदै बजार घुमेका थिए

भोजपुर । भोजपुरमा कोरोना संक्रमण फेला परेका युवक विभिन्न ठाउँमा घुमफिर गरेको जानकारी आएको छ । २०७६ साल फागुन ३० गते साउदी अरबबाट काठमाडौ अवतरण गरेका उनी चैत्र ११ गते हतुवागढी आइपुगेको खुलेको छ ।

त्यसबीचमा उनी चतराबाट बसमा चढेर परिवारसहित मावली धरान गएर बसेको देखिएको छ । धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् । धरान मावली, चतरा डेरा र इटहरी साथीहरुसंग घुमेका उनी ८ दिनसम्म सुनसरी रहेका थिए । उदयपुरको मैनामैनीमा रहेको ससुराली गएर दुई दिन विताएको देखिएको छ । ससुरालीबाट ११ गते बाइकमा चढेर आफ्नो गाउँसम्म आएको पाइएको छ ।

धरान मावली, चतरा डेरा र इटहरी साथीहरुसंग घुमेका उनी ८ दिनसम्म सुनसरी रहेका थिए । उदयपुरको मैनामैनीमा रहेको ससुराली गएर दुई दिन विताएको देखिएको छ ।

भलिबल खेलाडी उनले गाउँमा विभिन्न प्रतियोगितामा सामेल भएको फेला परेको हतुवागढी गाउँपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी गराएका छन् । गाउँमा रहँदा उनी भोजमा सामेल भएको पनि विष्टले जानकारी दिए । त्यस्तै उनी गाउँमा मलामी गएको समेत खुलेको छ । घरमा आएर बसी रहेका उनी गाउँपालिकाले विदेशबाट आएका सवैको स्वास्थ्य परिक्षण गर्ने भनेर सुचना जारी गरेपछि विदेशबाट आएका अन्य १० जनासंगै सम्पर्कमा आएका थिए । गाउँपालिकाले वैशाख ९ गते आरडिटीको लागि गाउँपालिका केन्द्रमा वोलाएपछि उनि विहानै गाउँपालिकाले बोलाएको ठाउमा पुगेको पाइएको छ ।

११ जना मध्ये उनको रिपोर्ट पोजिटिभ आएपछि पुनः अर्को पटक उनको आरडिटी चेक गर्दा दुवै पटक पोजेटिभ आएपछि उनको स्वाव संकलन गरेर विपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको थियो । उनको अवस्था अहिले पनि सामान्य रहेको छ, उनमा कुनै पनि रोगको लक्षण नदेखिएको र उनी अरु मानिस जस्तै सामान्य अवस्थामा रहेको प्रवक्ता विष्टले जानकारी दिए । अहिले उनको संगतमा रहेका २० जनाको पिसिआर गर्ने तयारी भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई