महिना दिनपछि मृत फेला परे रोशन

लमजुङ । लमजुङका एक ३० वर्षीय युवा बेपत्ता भएको एक महिनापछि मृत अवस्थामा फेला परेका छन् । उनी हराएको ३१ औं दिन मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

लमजुङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ४, सिलढुङ्गा घर भएका ३० बर्षीय रोशन गुरुङ घरबाट वेपत्ता भएका थिए । परिवारजनले खोजी गर्दा समेत फेला नपरेका उनी ३१ औं दिन मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको हो । रोशनको पारिवारिक स्रोतका अनुसार उनी सुस्त मनःस्थितिका थिए ।

उनी मस्र्याङ्दी गाउँपालिका– ४ काप्रेभिर नजिकै मस्र्याङ्दी नदीको किनारमा शव सडेको अवस्थामा फेला परेको प्रहरी चौकी बाहुनडाँडाले जनाएको हो ।

उनी गत कार्तिक २४ गतेदेखि हराएको उनका बाबु मिनराशी गुरुङले जानकारी दिए । सम्पर्क बिहिन रहेका रोशनलाई स्थानीय र आफन्तले खोजीकार्य गर्ने क्रममा दिउँसो पौने २ बजे मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकिशोर साहले बताए । उनका अनुसार आफ्नो कमाण्डको टोलीले घट्नास्थलमा पुगेर गरेको प्रारम्भिक अनुसन्धानमा रोशन बाटोबाट करिब चार सय मिटर तल खसेर मृत्यु भएको हुन सक्ने आंकलन गरिएको छ ।

शव सडेर पोष्टमार्टम गर्न नमिल्ने अवस्थामा रहेकाले स्थानीय र आफन्तको रोहवरमा मुचुल्का गरी दाह संस्कारको लागि आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

मृतक रोशन सिलढुङ्गामा स्थायी बसोबास भएका मिनराशी गुरुङका छोरा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

उद्योग बाणिज्य संघद्वारा सप्तरीका सञ्चारकर्मी सम्मानित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत