बुद्धभुमीमा खेल महोत्सव : ७५० बढी खेलाडी सहभागी

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढि खेल मैदानमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ सिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना गरिएको हो ।

खेल प्रतियोगिता उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य संसद सुरेन्द्रराज आचार्यले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल प्रतिस्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले तिनको क्षमता विकासमा प्राथमिकता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमी भित्रका खेलाडीले नगरको मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने अपेक्षासहित खेल स्पर्धा सञ्चालन गरिएको जानकारी दिए । खेलले पालिका भित्र रहेका सम्पुर्ण विद्यालयका बालबालिकाबीच भाइचारकाको सम्बन्ध ल्याउन मदत गर्ने बताए ।

उनले पालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको समेत बताए । विगत वर्ष भन्दा यस वर्ष खेल महोत्सवलाई प्राथमिकतामा राख्दै व्यवस्थित गरिएको श्रेष्ठको भनाई छ ।

खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र मेयर कप शीर्षकमा विभिन्न खेल स्पर्धा हुनेछ ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कपर्दी प्रतियोगिता हुनेछन् । मेयर कपतर्फ एथलेटिक्स खेलाइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता