राजविराज । नेपालमा मानव अधिकार तथा महिला सशक्तीकरण लगायतका क्षेत्रमा उल्लेख्यनीय काम गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन ।
सम्मानित हुनेहरुमा पूर्व साँसददेखि वर्तमान मेयरसम्म छन । भारतको दिल्लीमा ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर ह्युमन राईट प्रोटक्सन फोरमले एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्याय लगायतका क्षेत्रमा योगदान गरेवापत १२ जना नेपालीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा मधेश प्रदेशका निर्वतमान साँसद नेत्रविक्रम साह, जनकपृुर उपमहानगरपालिकाका मेयर मनोज साह, तराई मधेश महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साह “क्रान्ति”, डा उपेन्द्र साह, अनवर अली, प्रमोद शर्मा छन ।
यस्तै बालकिसुन साह, शिव नारायण मेहता, मिश्रीलाल मधुकर, सुनिता कलवार, उमा कुमारी साह र शोभा साह पनि सम्मानित भएका छन ।
कार्यक्रमका प्रमुख अतिथी ह्युमन राईट प्रोटेक्सन फोरम आसामका अध्यक्ष महानन्द सरकार दत्तले उनीहरुलाई “मानव अधिकार इन्टरनेशनल अवार्ड”बाट सम्मानित गरेका छन ।
सो अवसरमा ह्युमन राईट प्रोटेक्सन फोरमका राष्ट्रिय कार्यकारी अध्यक्ष डा.काशीराम पैठाणेको विशेष उपस्थिती रहेको थियो । भारतीय ह्युमन राईट प्रोटेक्सन फोरमले विगत २ दशक देखी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्यायका लागी योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।






