माछा मार्न बनाइएको विस्फोटवाट पाल्पामा १ जनाको मृत्यु

पाल्पा । पाल्पा तिनाउ गाउँपालिका २ दोभान बुढासडकमा विष्फोटक पदार्थ विष्फोटन हुर्दा एक जनाको ज्यान गएको छ । स्थानीय मदन सोमैको आँगनमा सलाईको काटीबाट माछा मार्न बनाइएको विस्फोटक पदार्थ अचानक विस्फोटन हुर्दा सोही स्थानका वर्ष २८ का सुरज सोमैको मृत्यु भएको हो ।

विष्फोटक पदार्थ विष्फोटनमा परी घाइते भएको सोमै उपचारको क्रममा बुटवल हस्पिटल प्रा.लि बुटवल रुपन्देहीमा मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका ४ डिङ्गर नगर रुपन्देही घर भई हिजो मदनबहादुर सोमैको घरमा आएका वर्ष २१ को कोसिस भुजेल र वर्ष २८ को कुशल भुजेल विष्फोटनमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एंव सूचना अधिकारी सुनिल मल्लले बताए ।

घाइतेहरु मध्ये वर्ष २१ को कोशिस भुजेलको अवस्था चिन्ताजन र वर्ष २८ को कुशल भुजेलको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ