‘माग्ने बुढा’ अनमोलभन्दा महँगा

काठमाडौं । हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘ माग्ने बुढा’ले यसअघि चलचित्र ‘छक्का पन्जा’ शृंखलामा सेयरहोल्डरका रूपमा निर्माता बनेर अभिनय गर्दै आएका थिए । ‘छक्का पन्जा’ शृंखलाको अर्को चलचित्र अब डेढ वर्षपछि मात्र निर्माण हुने भएपछि उनी आगामी एक वर्षका लागि तीनवटा चलचित्रमा अनुबन्धित भएका छन् ।

५० लाख रुपैयाँ पारिश्रमिक लिन्छन् यी पाँच अभिनेता

केदारले पछिल्लो चलचित्र ‘माग्ने राजा’मा ६० लाख रुपैयाँ पारिश्रमिक लिएको यसको निर्माण पक्षले जनाएको छ । यस चलचित्रका निर्देशक ऋषि लामिछानेले केदारको पारिश्रमिक’bout राजधानीसँग भने, ‘उहाँले चलचित्रको स्क्रिप्टदेखि हरेक काममा साथ दिनुभएकाले केदारलाई १ करोड रुपैयाँ दिँदा पनि फरक पर्दैन, हामीले आफ्नै खुसीले उहाँलाई अहिले सो पारिश्रमिक दिएका हौं ।’

यस्तै, नयाँ दुई चलचित्र ‘कंगारु’ र ‘माइतीघर’मा पनि उनले प्रतिचलचित्र ५० लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षको कथन छ । यस विषयमा अभिनेता केदारले राजधानीसँग भने, ‘मैले कुनै पनि चलचित्रमा यति पारिश्रमिक चाहियो भनेर माग गरेको होइन, उहाँहरू आफैंले दिएका कारण खुसीका साथ ग्रहण गरेर यी तीन चलचित्रमा अनुबन्धित भएको हुँ ।’

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताका रूपमा केदारको नाम आएको छ । तर, अरू अभिनेताहरूले पनि केदारको हाराहारीमा पारिश्रमिक लिन थालेका छन् । नेपालमा सबैभन्दा महँगो पारिश्रमिक लिने अभिनेताका रूपमा यसअघि अनमोल केसीको नाम आउँथ्यो । उनले चलचित्र ‘छड्के २’ मा ५० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए ।

तर, चलचित्र छड्के २ व्यावसायिक रूपमा पूर्ण असफल भयो । त्यसपछि उनले ‘फर्की फर्की’ चलचित्रमा अभिनय गरे । यस चलचित्रमा पनि उनले ५० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । उनले सो पारिश्रमिकबापत गत ३० असारमा ७ लाख ५० हजार रुपैयाँ आयकर पनि बुझाएका थिए । गत जेठमा रिलिज भएको यस चलचित्रले लगानी सुरक्षितसहित केही मुनाफा पनि कमायो ।

अभिनेता अनमोल यतिबेला नयाँ चलचित्र ‘जेरी अनटप’को छायांकनमा व्यस्त छन् । यस चलचित्रमा पनि उनले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको यसका निर्माताको कथन छ । एक महिनाअघि रिलिज भएको चलचित्र ‘तेल भिसा’बाट अभिनेता विपीन कार्कीले ५० लाख रुपैयाँ पारिश्रमिक लिए ।

पछिल्लो समय एउटा चलचित्रबाट कम्तीमा २५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका अभिनेता विपीनले चलचित्र ‘तेल भिसा’बाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएका हुन् ।

‘तेल भिसा’पछि उनले एउटा चलचित्रमा काम गरेबापत आफ्नो पारिश्रमिक ३० देखि ३५ लाख रुपैयाँसम्म माग गर्न थालेको निर्माताहरू बताउँछन् । निर्माण पक्षका अनुसार उनी ‘तेल भिसा’मा सुरुमा एउटा भूमिकाका लागि ३० लाख रुपैयाँमा अनुबन्धित भएका थिए ।

सोही चलचित्रमा विपीनले छोरा र बुबा गरी दोहोरो भूमिका निर्वाह गर्ने भएपछि आफूहरूले २० लाख रुपैयाँ पारिश्रमिक थप गरेको चलचित्रकी निर्माता तथा अभिनेत्री ऋचा घिमिरेले बताइन् । ‘विपीनले जुन प्रकारले हाम्रो चलचित्रका लागि पूरा चार महिनाको समय दिएर मेहनत गर्नुभयो, त्यसको अनुपातमा हामीले दिएको पारिश्रमिक अझ कम जस्तो लाग्छ,’ अभिनेत्री एवं निर्माता ऋचाले राजधानीसँग भनिन् ।

५० लाख रुपैयाँ पारिश्रमिक लिने अर्का अभिनेता प्रदीप खड्का पनि हुन् । उनले हालै नयाँ चलचित्र ‘एक्लो’को छायांकन सम्पन्न गरे । यस चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका छन् । विनोद सुवेदी क्षितिज यसका कार्यकारी निर्माता हुन् । चलचित्र ‘एक्लो’बाट अभिनेता प्रदीपले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको कार्यकारी निर्माता सुवेदीले खुलासा गरेका छन् ।

यस्तै, प्रदीप खड्काकै अरू दुई चलचित्र ‘एक्टर ः वान टेक’ र ‘पीताम्बर’ प्रदर्शनको तयारीमा छ । उनले यी दुवै चलचित्रबाट ५०÷५० लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षको कथन छ । तर, चलचित्र ‘पीताम्बर’की निर्देशक कृषा चौलागाईं प्रदीपका लागि ५० लाख रुपैयाँ पनि कम पारिश्रमिक हुने बताउँछिन् ।

प्रदीपका पछिल्ला तीनवटा चलचित्र ‘प्रकाश’, ‘प्रेमगीत ३’ र ‘पूजार सार्की’ले निकै राम्रो व्यापार ग¥यो । यसअघि ३० देखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक लिएका प्रदीपले ‘पूजार सार्की’को रिलिजपछि आफ्नो पारिश्रमिक बढाएर ५० लाख रुपैयाँ पु¥याएको सम्बन्धित निर्माताको भनाइ छ । तर, प्रदीपले भने आफूले लिने गरेको पारिश्रमिक’bout खुलासा गर्न चाहेनन् ।

अर्का अभिनेता दयाहाङ राईले पनि ३० देखि ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । उनले एउटा चलचित्रबाट कम्तीमा ३० लाख रुपैयाँ पारिश्रमिक र २० देखि २५ लाख रुपैयाँको निर्माताका रूपमा सेयर पनि लिने गरेका छन् । दयाहाङ राईको एकपछि अर्को गर्दै बहुसंख्यक चलचित्रहरू हिट छन् । उनले अभिनय गरेको ‘कबड्डी’ शृंखलाका सबै चलचित्र हिट भएका छन् ।

यस्तै, चलचित्र ‘जारी’ पनि ३ वर्षअघि ब्लकबस्टर हिट भएको थियो भने त्यसपछिका चलचित्रहरू ‘डिग्री माइला’, ‘मनसरा’, ‘घर ज्वाइँ’, ‘गाउँ आएको बाटो’ पनि बक्स अफिसमा हिट साबित भए । यी चलचित्रमा ३० लाख पारिश्रमिकसँगै उनी बाँकी २० लाखसम्मको निर्माता पनि थिए । यसरी दयाहाङले एकपछि अर्को हिट चलचित्र दिँदै आएका छन् र उनले एउटा चलचित्रबाट ५० लाख रुपैयाँसम्म पारिश्रमिक पनि लिने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै