विराटनगर । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।
सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए।
यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले ट्रामाडोल २०० क्याप्सुल र स्पास्पेन १९० ट्याब्लेट सहित धरान-१६ का ३२ बर्षीय रुबिन खड्का र २२ वर्षिय साहिल मगरलाई र प्रहरी चौकी भरौलले रामधुनी- ७ का २१ बर्षीय अबिशेक चौधरी र २१ वर्षिय सन्दिप चौधरीलाई ट्रामाडोल- १५८ क्यापसुल, स्पास्पेन- ५८ ट्याव्लेट र स्पासरेस्ट-१०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए।
यस्तै,सुनसरीको देवानगंज गाउँपालिका-७ स्थित भित्री सडकमा इलाका प्रहरी कार्यालय हरिनगराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बीआर ८० र एबी ७४३८ नम्बरको मोटरसाईकल चालक देवानगंग-२ का २४ बर्षीय अवास अंसारी र पछाडि सवार २६ बर्षीय रिजुवान अंसारीलाई ३८ किलोग्राम ५२० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो।
यसैगरी,झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ४१ बर्षीय रुपेश पाख्रिनले लागुऔषध बिक्रीबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको ब्राउन सुगर २ ग्राम फेला पारी रुपेश पाख्रिन र बेचबिखनमा संलग्न ३२ बर्षीय डिक बहादुर मगर समेतलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २४ बर्षीय रोदन लिम्बुलाई १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ट्रामाडोल- ८३ क्याप्सुल र स्पासपेन-२८ ट्याब्लेट सहित दमक-७ का २० बर्षीय नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई पक्राउ गरेको उनले बताए।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय बुध’boutबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाँउपालिका-३ का ६० बर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई गाँजा ४ किलोग्राम, नेपाली नगद ३ लाख ९ हजार ६४६ रुपैँया सहित नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।






