फाल्गुनन्द गोल्डकपः घरेलु टोलीसँग रोकियो आर्मी

पाँचथर । विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली फिदिम स्पोर्टिङ क्लवसँग रोकिएको छ ।

फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले आयोजक फिदिम स्पोर्टिङ क्लवसँग टाइब्रेकरमा ४–२ गोलअन्तरको हार व्यहोरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल निस्किन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा फिदिम स्पोर्टिङ क्लवका आशिष चापागाईं, राम वाजी, निरोज लिङदेन र बिशाल दर्जीले गोल गर्दा सुकराज राईको प्रहार आर्मीका गोलकिपर नवीन परियारले रोकेका थिए । आर्मीको तर्फबाट सन्तोष केशी र निरोज कुमार घिसिङले मात्र गोल गरे । सिद्धान्त चौधरी र सुजित शाहीको प्रहारलाई फिदिम स्पोर्टिङका गोलकिपर मिराक खजुमले बिफल पारिदिएका थिए । खेलको म्यान अफ् दि म्याच फिदिम स्पोर्टिङका बिशाल दर्जी भए । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्वल र सुनसरीको रेड स्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ । पुस १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

आजका लागि अमेरिकी डलरको विनिमय दर : न बढ्यो, न घट्यो