कालिकोट । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक वार्षिक पूर्व समीक्षा कार्यक्रम मंगलबार कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले सन् २०२४ को जनवरी देखि डिसेम्वरसम्म वार्षभरिमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित २९ ओटा घटना सर्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रस्तुत घटनाहरूमा महिला अधिकारसँग सम्बन्धित १५, बालअधिकार तथा हिंसा सम्वन्धि पाँच जातीय विभेद एक, कुटपिट दुइ, आर्थिक तथा सामाजिक अधिकार पाँच ओटा गरी २९ ओटा घटना रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनर तथा ज्यादतीबाट पीडितहरुको अधिकारका लागि एउटा कोसेढुंगा सावित भएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर गोविन्द चौधरीले मानव अधिकार वर्ष पुस्तकले पीडितलाइ न्याय र पीडिकलाई कार्वाही गर्न मद्दत पुगेको हुनाले पुस्तकमा छापिने घटनाहरु तथ्यपरक हुनु पर्नेमा जोड दिए ।
एमाले कालिकोटका उपसचिव पवित्र शाही,माओवादी केन्द्रका अजय बम,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विश्वनाथ सिम्खाडा रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की,युवा मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष निस्ता कार्की,बाल अधिकाकर्मी खडानन्द अधिकारी,दलित अधिकारकर्मी रमेश नेपाली लगाएतले महिला हिंसा जातीय विभेद,यौन दुव्यवाहरका घटनाहरुमा अझै पनि ओझेलमा रहेकाले इन्सकले उजागर गर्नु पर्ने बताए ।
कार्यक्रममा सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि,नागरिक समाज, महिला अधिकारकर्मी र पत्रकारको उपस्थिति रहेको थियो ।






