मुगु । जिल्लामा रहेको छाँयानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमा जिल्लामै नमुनायोग्य काम गर्दै आएको छ । २०७१ मंसिर १ गते बिधिवत रुपमा खोलिएको यस संस्थाले ४१ जना सेयर सदस्यबाट १२ लाख शेयर पुजि जम्मागरि दुई जना कर्मचारी राखेर कार्यालय संचालन गरेको हो ।
करिब १० बर्ष पुग्दै गर्दा हाल यस संस्थामा ३३ जना कर्मचारी छन भने २ वटा सेवाकेन्द्र,१ वटा केन्द्रिय कार्यालय खोली सदस्यमुखी सेवा दिई रहेको छाँयानाथ सहकारीका अध्यक्ष भुपेन्द्र मल्लले जानकारी गराए ।
उहाका अनुसार हिजो ४१ जना शेयर सदस्यबाट सुरु गरिएको यस संस्था आजसम्म आइपुग्दा ११ हजार दुईसय ३५ जना शेयर सदस्य पुगेका छ्न भने लघुबित्तमा आबद्ध सदस्य संख्या ८ हजार १२०, लघुबित्त केन्द्र ३८६ वटा र लघुबित्त समुह एक हजार पाँच ५४४ पुगेका छ्न ।
हाल सहकारीको कुल सम्पत्ति २५ करोड तेह्र लाख ५७ हजार , सेयर पुजि २६ करोड चार लाख ८४ हजार छ, बचत संकलन १९ करोड चार हजार, लगानीमा रहेको ऋण १७ करोड २० लाख छ हजार रहेको छ । जगेडा कोषमा २८ लाख २९ हजार, अन्य कोषमा ८२ लाख ४५ हजार छ भने संस्थाको अशुली दर ९९ प्रतिशत रहेको छ ।

आउने २०८८ सम्म संस्थाले हालको भन्दा दोब्बर सदस्य पुगाउने लक्ष्य लिएको र जम्मा पुजि ४५ करोड बनाउने पनि याेजना रहेकाे अध्यक्ष मल्लको भनाई छ । जिल्लामा आज चार सय १० सहकारी दर्तामा भएपनि खासै के कसरी चलेका छ्न कुनै व्यक्ती निकायलाइ जानकारी छैन्न ।
तर छाँयानाथ सहकारी भने चार पाच सय देखि हजार सम्म सदस्यको बिचमा हरेक बर्ष बार्षिक साधारण सभा गर्ने जिल्ला मै एक नमुना सहकरिको रुपमा चिनिदै आएको छ । सहकारिले मंगलबार मात्रै करिब ३०० बढी सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी अन्य सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्तिथिमा एक कार्यक्रम बिच आफ्नो १० औ साधारण सभा सम्पन्न गरेको थियो । कार्यक्रममा उत्कृष्ट लघुबित्तका ७ सद्स्य्लाइ नगद सहित सम्मान गरिएको थियो ।
यतिमात्र होइन आर्थिक बर्ष ०८०/०८१ मा प्रसुती सेवा सात सयका दरले ४१ जना सदस्यलाई, छोराछोरी मृत्यु संस्कार सेवा तीन हजारका दरले ८ जनालाई, सदस्यको दम्पती मृत्यु संस्कार सेवामा छ हजारका दरले १२ जनालाई, सदस्यको मृत्यु संस्कार सेवा दश हजारका दरले ८ जनालाई र लघु बिमा सुबिधा ७ जना सदस्यलाई यस संस्थाले रकम उपलब्ध गराएको बताइएको छ ।
नियमित आम्दानीको लागि २५० कित्ता र ५०० कित्ता शेयर खरिद गर्दा मासिक २५० देखि ५०० सम्म आम्दानी गर्नसकिने छ । शेयर सदस्यका छोराछोरीलाई बोर्डिङको मासिक शुल्कमा २५ प्रतिशत सम्म छुट दिने । प्राण घातक रोग लाग्दा बिना ब्याज २ लाख सम्मको ऋण उपलब्ध गराइने । सदस्यलाई दुर्घटना र स्वास्थ्य बिमामा आबद्ध गराइने र संस्थाको एम्बुलेन्स सेवा लिए भाडामा ५० प्रतिशत छुट सुबिधा उपलब्ध गराउने अध्यक्ष मल्लले जनाए ।
आगामी दिनमा सदस्यले उत्पादन गरेका बस्तुलाइ बजारीकरणका लागि ५ वटा ग्रिनसप सुरु गर्ने । स्थानीय सरकार संघ सहकार्य गरि ग्रामीण क्षेत्रमा एउटा इको भिलेज बिकास गर्ने, स्थानीय युवाहरुको थप एकसय वटा थ्री जिरो क्लब गठन गरि उनीहरुलाई राष्ट्रिय र अन्तरास्ट्रिय संजाल संघ जोड्ने , ग्रामीण भेगमा प्रत्येक लघुबित्त सदस्यलाई समुहमा एक हजार वटा बिरुवा लगाउने कार्यक्रम संचालन गर्ने लगायतका दर्जनौं लक्ष्य सहकारीले लिएको प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिको छ ।