दैलेख । दुईवटा बोलेरो जीप एक आप्समा ठोक्किंदा दैलेखमा ८ जना यात्रु घाइते भएका छन् । दैलेख सदरमुकाबाट यात्रु लिएर बेस्तडा जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०५३५ डबल क्याप र बेस्तडाबाट दैलेख सदरमुकाम आउदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०२९५ सिंगल क्याप सिमाडामा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भगवतीमाई गाउँपालिका–२ रुम गाउँका चालक १९ वर्षीय दिपक बोहोरा, सोहि गाउँका २६ वर्षीया अनिता केसी रावत, उनको छोरा ३ वर्षीय प्रकाश रावत, ३० वर्षीय दिपक बोहोरा, २८ वर्षीया रोजिना तिरुवा, ३२ वर्षीया गगना बिक, ७० वर्षीया लालसरा बिक र जुम्लाको तिला गाउँपालिका–५ का ३० वर्षीय प्रकाश रावत रहेका छन ।
घाइतेहरु सबै कर्णाली प्रदेश ०२–००१ च ०५३५ डबल क्यापमा सवार यात्रुहरु रहेको घाईतेको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
मध्यपहाडी राजमार्गको चौडा सडकमा दुर्घटना कसको लापरवाहीले भयो भन्ने घटनाको अनुसन्धान भैइ रहेको सुनारले भने । सिंगल क्याप चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का २३ डम्बर बुचामगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
दुर्घटना हुँदा यात्रुबहाक डबल क्यापको सडकदेखि ११ मीटर तल खाेल्सामा खसेको छ भने सिंगल क्यापमा सामान्य क्षति पुगेको र दुर्घटना लगतै स्थानीय र प्रहरीले घाइतेहरुलाई उद्धार गरी अस्पताल पु-याएका जिल्ला ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज असई टोपबहादुर महताराले बताए ।
घाइतेहरुलाई अस्पताल पु-याए लगतै दैलेख अस्पतालका डा. सविना दाहाल, डा. अभिशेक ओझा, डा. जगदीशचन्द्र महत, डा. जितेन्द्र तामाङ्ग लगायतका चिकित्सकहरुहरुको टोलीले तत्परताका साथ उपचार गरेको थिथो । घाइते मध्ये अनिता केसी रावत, रोजिना तिरुवा, गगना बिक, लालसरा बिक समेत जना गम्भीर घाइते रहेको बताइएको छ ।