चाईनिज पेस्तोलसहित सुनसरीबाट आलम पक्राउ

बिराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार स्थितबाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा घरको भान्छा कोठा भित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको अवैध चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र गोली २ राउण्ड फेला पारी उक्त घरमा रहेका शमसेर आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता तथा प्रहरी नावय उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिए।

प्रवक्ता तथा प्रहरी नावय उपरीक्षक तिमल्सिनाका अनुसार फरार रहेका खुर्सित आलमको खोजतलास भई रहेको छ भने पेस्तोल सहित पक्राउ परेका शमसेरको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारवाही तथा आवश्यक थप अनुसन्धान भईरहेको उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी