राजविराज । चौथो जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसर पारेर विहिवार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
उक्त संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ८० वर्ष भन्दा माथीका राजविराज नगरपालिका भित्रका ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले ज्येष्ठ नागरिक नित्यानन्द देव, हरिनारायण यादव, बद्री राजभण्डारी, दशरथ सुनरैत यादव र जसवा सदालाई दोसल्ला तथा करदपत्रबाट सम्मान गरे ।
सम्मानपछी बोल्दै प्रमुख अतिथी न्यायाधिश ज्ञवालीले ज्येष्ठ नागरिकहरु समाजमा ज्यँुदा इतिहास भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नु पर्नेमा जोड दिए ।
“ज्येष्ठ नागरिक हाम्रो देशको गहना, सम्पदा र अमूल्य सम्पती हो, उनले भने– “उनीहरुको सुृरक्षा र संरक्षण, घरपरिवार, टोल, समाज र सरकार सबैले मिलेर गर्नू पर्छ ।”
उनले तुलनात्मकरुपले नेपालको अहिलेको संविधान ज्येष्ठ नागरिकका लागी फराकिलो बनाईएको बताए । ऐन कानुनमा ज्येष्ठ नागरिकको हेरचार र पालनपोषण गर्नु हरेक नागरिकको कतब्र्य हुने र राज्यले विशेष संरक्षण दिने व्यवस्थामा छ । न्यायाधिश ज्ञवालीले भने– “तर दुर्भाग्य ज्येष्ठ नागरिक ज–जसबाट संरक्षित हुनु पर्ने हो उसैबाट अपहेलित र असुरक्षित हुने क्रम बढ्दो छ ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले ज्येष्ठ नागरिक घर परिवार र समाजबाटै अपहेलित हुने गरेको भन्दै यसमा सुधारको आवश्यक्ता औल्याए ।
“ज्येष्ठ नागरिकको जीवन यापन सहज बनाउन राज्यले मासिक ४ हजार रुपैया उपलब्ध गराउदै आएको छ, उनले भने–तर परिवार भित्र सोही भत्ताका लागी समेत तछाँडमछाँड चल्ने गरेको छ ।
उनले “ज्येष्ठ नागरिकले पाएको भत्ता आफू भन्दा पनि परिवारका सदस्यको इच्छापूर्तीमा खर्चिने गरेको र इच्छापूर्ती हुन नपाएका सदस्यबाट दुव्र्यहार खेप्नु पर्ने अवस्था रहेको बताए । ज्येष्ठ नागरिकको जिवनयापन सहज बनाउन परिवार, समाज र संस्थाको भर नपरि राज्यले आफै दायित्व लिनुपर्ने उनको कथन छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझीले बाबुआमा समान ज्येष्ठ नागरिक समाजका प्रेरणाका श्रोत र अनुभवको खानी रहेको भन्दै उनीहरुबाट वर्तमान र भावीपूस्ताले धेरै कुरा सिक्नु पर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सचिव एवं प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा, पूर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका पूर्वअध्यक्षद्वय प्रयागलाल यादव, सुगम्बर यादव, ज्येष्ठ नागरिक वडासमितिका सभापति सत्यनारायण देव, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष मन्जु सारदा, समाजसेवी हितनारायण लाल दास लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
आयोजक संस्थाले विगत चार वर्षदेखी ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई सम्मान, वृक्षारोपन, विचार गोष्ठी लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।