गाउँमा युवा नहुँदा महिलाका काँधमा बिरामी

मुगु । सामाजिक सञ्जालमा बुधबार एउटा कारुणिक दृश्य देखियो । जुन मुगु पश्चिम खत्याड गाउँपालिका–४ माझचौरको थियो । एउटा स्टे«चरमा चार–पाँच अधबैंसे महिला बिरामी बोकेर माझचौरस्थित निजी औषधि पसलतर्फ लाग्दै थिए ।

उनीहरू गाउँपालिकाकै वडा नं. ३ माथिखर्कगाउँका स्थानीय महिला हुन् । खत्याड गाउँपालिका–३ माथिखर्कगाउँकी ७० वर्षीया पञ्चा टमटा दमले थला परेपछि उनलाई गाउँकै चार–पाँच महिलाले बोकेर औषधि पसल पु¥याएर उपचार गराए । करिब डेढ घण्टाको पैदल दूरीमा रहेको गाउँदेखि ती महिलाले स्ट्रेचरमा बिरामी बोकेर उपचार गराउन पुग्नु सम्भवतः जिल्लाका लागि पहिलो घटना हो ।

‘त्यो दृश्य माझचौरमै स्टेसनरी पसल गर्दै आएका खत्याड–११ रातापानीका कमल कार्कीको आँखामा ठोक्कियो । उनले तस्बिर खिचे अनि फेसबुकमा सार्वजनिक गर्दै लेखे, ‘देशको अवस्था यतिसम्म भइसकेछ जबकि गाउँमा बूढापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्यचौकीसम्म लैजान युवा छैनन् ।

हुन त, कसरी गाउँमा युवाहरू बसून् ? रोजगारी छैन, श्रम गरेर खान पुग्दै काम गरे नि एक–दुई वर्षसम्म ज्याला मिल्दैन ! अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७ सय ५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने अनि कसरी देश अगाडि बढ्ला ?’

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ