बाजुरा । जगन्नाथ गाउँपालिका–५ की मुगा दमाई सुत्केरी भएको पाँच ११ दिनको बालक समाएर बसेका बेला भुकम्पले घर हल्लायो एकै छिनमा घर चिरा चिरा भयो उनी बालकलाई छातिमा टाँसेर घर बाहिर निस्किन् । उनी मात्रै नभई गाउँमा सबै कराउँदै बाहिर निस्केका थिए । उनी बिहानबाट गाउँपालिकाले दिएको पालमा नाबाललाई लिएर बस्न लागिन् । गाउँले अरु पनि पालमा बस्ने ब्यवस्था गाउँपालिका मिलायो ।
मुगाले भनिन् ‘घर भुईचालोले चिरा चिरा बनायो।,बाहिरा पालमा बसौ भने सुत्केरी मान्छे एक्लै बस्न डर लाग्छ । चर्किएको घर भए पनि गोठमै बस्ने गरेको छु । खाना सामुहिक भान्साबाट ल्याएर दिने गरेका छन् । बाहिर जाडो धेरै छ । गाउँका कुनै घर पनि भुइँचालोले भत्काएर तहस नहस त भएका छैनन्। फेरी भुईचालो आउँछकी भनेर डरले मान्छेभित्र बसेका छैनन् ।’
तथ्याङ्कमा हेर्दा एक सय आठ घर धुरी जगन्नाथ गाउँपालिकामा पुर्णरुपमा क्षति भन्ने तथ्याङ्क छ । तर गाउँमा भुइचाललोले एक पनि ग्रल्याम्म ठलेको छैन । वडा नं ५ मा २ घर मात्र चर्केर छाना भत्किएका छन् । ती घरमा तत्काल बस्ने खालको वातारण छैन । अन्य घरहरु सामान्य चर्केका छन् ।

जगन्नाथ गाउँपालिका–५ का वडा अध्यक्ष गौरी शाकीले भनेः ‘गाउँमा घरहरु चिरा चिरा भएका छन् । गाउँलेहरु घर चर्केका कारण समस्या छ । कोही पनि घरमा बस्न मानीरहेका छैनन् फेरि भुकम्प आयो भने क्षति हुने डरले बाहिर बसिरहेका छन् । एक सय आठ घर पुर्ण रुपमा क्षति भएको छ भने जगन्नाथ गाउँपालिकामा ४ सय ६३ घर धुरीमा आंशिक क्षति भएको छ । पुर्णरुपमा क्षति भएका घर परीवारलाई बस्नको ब्यवस्ता मिलाई रहेका छौं ।’
भूकम्पका कारण बाजुरा सहित कालिकोटका विभिन्न स्थानमा भौतिक क्षति भएको प्रारम्भीक तथ्याकं प्राप्त भएको छ । पूमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भनेः ‘आइतबारसम्म सबै पालिकाको तथ्याङ्क आइपुग्छ । जगन्नाथ गाउँपालिकामा केन्द्र बिन्दु भएका कारण बढी क्षति छ भने त्यसैसँग जोडिएको स्वामीकार्तिक, खापर, हिमाली गाउँपालिकामा पनि क्षति भएको छ । राहातका सामाग्रीहरु अहिले जगन्नाथमा मात्र गएका छन् । अब पुर्ण तथ्याङ्क आयो भने अरुतिर पनि परिचालन गरिन्छ ।’
गएको शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पका गएको थियो । जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा आंशिक क्षति भएको देखिन्छ ।






