लागुऔषध गाँजा बोकेको सवारी साधनसहित २ जना पक्राउ

बिराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो ।

गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनीकारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी