सप्तरी । नेपालमा पहिलो पटक आयोजना गरीएको नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोली जनकपुर बोल्टस मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका आईपुगेका छन ।
अघिल्लो दिन सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकाद्वारा भब्य स्वागत र सम्मान गरिएको टोलीका खेलाडीहरु मंगलवगार प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजा आजाका लागी यहाँ आइपुगेका हुन ।
खेलाडीहरुले छिन्नमस्ता भगवती मन्दिरमा विषेश पुजा गरे । खेलाडीहरुको स्वागतका लागी एकाविहानै देखि गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव, मन्दीरका पीठाधिश महाकान्त ठाकुरका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले विजेता टोलीलाई नगद १ लाख ५ हजार सहित दोसल्ला र मिथिला पागबाट सम्मान गरे । टिम प्रबन्धक उत्सव सिग्देल तथा कप्तान ललित राजवंशीलाई उनले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
सो अवरमा अध्यक्ष चौधरीले एनपीएलको प्रथम आयोजना मै ट्रफी हात पार्न सफल जनकपुर बोल्टस टिमलाई बधाई दिदै विजेता टोलीलाई स्वागत गर्न पाउनु छिन्नमस्तावासीका लागी गर्वको कुरा भएको बताए । उनले नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको बताए ।
खेलाडीहरुको स्वागत र सम्मानमा बाजागाजा सहित पुगेको स्थानीयले भब्य स्वागत सहित मन्दिर परिक्रमा ग राएका थिए ।
जनकपुर बोल्टसले हालै काठमाण्डौमा सम्पन्न प्रथम एनपीएलको फाइनलमा सुदुर पश्चिम टिमलाई ५ विकेटले पराजीत गर्दै उपाधी कब्जा गरेको थियो । सोही खुशीयालीमा विजेता टिम अहिले विजयोत्सव मनाउन मधेश प्रदेशका आठै जिल्लामा ट्रफी सहित परेडमा निस्केका छन ।