मारवाडी युवा मञ्चद्वारा एकै दिन २ स्थानमा रक्तदान

राजविराज । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु न परोस भन्ने उदेश्यले मारवाडी युवामञ्चले शुक्रवार सप्तरीको दुई स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।

मारवाडी युवा दिवसको अवसर पारेर सप्तरीको राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

मारवाडी युवा मञ्च राजविराजका अध्यक्ष आशिष जोशीको प्रमुख आतिथ्यमा राजविराजमा तथा मारवाडी युवा मञ्च हनुमाननगरका अध्यक्ष पंकज अग्रवालको प्रमुख आतिथ्यमा हनुमाननगरमा भएको रक्तदान कार्यक्रममा मारवाडी यूवा मञ्चका उपाध्यक्ष द्वय उज्जवल काबरा, होमेस काबरा, राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य विसान्त सिंधी जैन, रिंकु जैन, साधना साह, विक्रम काबरा, सुनिल भगत लगायत ६ दर्जन भन्दा बढी युवाहरुले रक्तदान गरेको मञ्चले जनाएको छ ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठन मातहतका मारवाडी युवा मञ्चले मारवाडी युवा दिवसको अवसर पारेर शुक्रवार देशैभर बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका राजविराज अध्यक्ष आशिष जोशीले बताए ।

मौसम परिर्वतन संगै अस्पतालमा विरामीको संख्या बृद्धि भएकाले जस्तो सुकै अवस्थामा पनि रगतको अभाव नहोस तथा कसैको पनि ज्यान नजाओस भन्ने उदेश्यका साथ एकै पटक देशका विभिन्न स्थानहरुमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको मारवाडी युवा मञ्चले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग