सिन्धुलीमा गलले हानेर बाबुले गरे छोराको हत्या

सिन्धुली । सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय माईला भन्ने लिलाबहादुर पुर्कोटी सार्कीलाई गलले हानेर हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साढे ८ बजे राती घरायसी विवाद हुँदा डुमानसिंहले छोरा लिलाबहादुरलाई फलामको गलले टाउको र डाढमा प्रहार गरेका थिए ।

बाबुले गलले प्रहार गरेर घाईते भएका लिलाबहादुरलाई राती नै जिल्ला हस्पताल मकवानपुरमा उपचारका लागि लगिएकोमा साढे १० बजे राती मृत्यु भएको थियो । मृतकको शव आइतबार पोष्टमार्टम गरि आमा बिल्कु सार्कीले बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

बाबु डुमानसिंहलाई आइतबार पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार