मुगु । मिहेनत र परिश्रम तिर लागेमा घरमै आर्थिक उपज हुन्छ विदेशी जान पर्दैन, भन्दै छायानाथ रारा ३ हेनिकाँध मुगुका ३६ बर्षीय एकजना युवा भेडापालन उद्यममा लागेका छन् । दानबहादुर बुढा भेडापालनमा लागेपछि वार्षिक साढे ३ लाखभन्दा बढी कमाई गर्दै आएका छन् ।
आफू बेराजगारजस्तै भएपछि ७ वर्ष अगाडि गाउँमै बसेर २५ वटा भेडापालनवाट व्यवसाय सुरु गरेका थिए । वनपाखामा भेडाको साथी बनेर भेडापालन फर्म खोलेका बुढाका हाल १ सयवटा उन्नत जातको भेडा छन् । वर्षभरि भेडालाई स्यारसुसार र पालनपोषण, दानपानी खर्च छुट्यार मासिक साढे ३ लाख रुपैयाँ आम्दानी हुने बुढाले राजधानीलाई जानकारी दिए ।

स्थानीय गाउँमै प्रति केजी मासुको १ हजार पर्न जाने भएकाले गोठमै मासु व्यवासायहरु खरिदका लागि भटाभट आउन थालेपछि मासुमा स्थानीय बजारमा माग पनि बढ्दै गएपछि आम्दानी बढ्दै गएको हो ।
भेडापालनवाटको कमाईले ३ छोराछोरीको पढाइ खर्चका साथै बर्ष भरिको घर खर्चको भेडापालन व्यवासायकै आर्थिक आम्दानीले खर्च चलाउन सफल भएको बुढाले बताए । २५ वटा भेडाबाट शुरु गरेका भेडा उत्पादन गर्दै सात वर्षको हाराहारीमा आधा बेचेर आफुसँग भेडा राखेर दोव्वर, तेव्बर बनाएका छन् ।
घरैमा बसेर के हुदैन ? विदेशिनु पर्दैन भन्दै जिल्लामा अन्य युवायुवतीलाई घरमा वसेर बालवच्चा स्यारर्दै सजिलै लाखौं कमाई गर्न सकिन्छ भन्ने प्रेरणाको पनि वनेका छन बुढा ।
किसानका लागि अनुदान सरकारी एवं गैरसरकारी संस्थाहरुले दिने गरेको भए पनि भेडा पालन अन्य कुनै किसानले गरे पनि आफूले कुनै निकायाबाट नलिएको र आफ्नै मेहनतबाट भेडा पालन सुरु गरेको बुढाले बताए ।