लुटपाटको नाटक रचेको आरोपमा चालक प्रहरीको खोरमा

राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् ।

दुई दिनअघि सप्तरीको रुपनीमा बोलेरो गाडीबाट रकम लुटिएको भनी झुठो अफवाहा फैलाई उक्त रकम आफ्नै घरमा लुकाई राखेको आरोपमा विरगनज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने २६ वर्षिये समसोदिन आलम बुधबार पक्राउ परेका हुन् ।

उनले दुई दिनअघि बिरगनजबाट साहु राज कुमार साहले राजविराज पुगि कुखुरा किन्न दिएको ३ लाख ८० हजार रुँपैया बाटोमै लुटिएको भन्दै झुठो अफवाहा फैलाएका थिए । उनले प्रहरी र आफ्ना साहुसमेतलाई राजविराज–रुपनी सडक खण्डमा दुई वटा मोटरसाइकलमा सवार भईआएका चार जना अपरिचित व्यक्तिले पेस्तोल देखाउँदै उक्त रकम लुटेको जानकारी गराएका थिए ।

उक्त घटना ’bout खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगि सो ’bout सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उक्त गाडीका सहचालक बाराको कलैया उपमहानगरपालिका ७ बस्ने २४ वर्षिय अमिर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बोल्न र सुन्न नसक्ने सहचालक श्रेष्ठलाई केरकार गर्दा उनले इसारा मार्फत प्रहरीलाई चालक आलमले नै उक्त रकम घरमा राखेको र रकम लुटिएको भनी झुठो प्रचार गरेको जानकारी गराएका थिए ।

सहचालक श्रेष्ठको बयानपछि प्रहरीले चालक समसोदिन आलमललाई पनि नियन्त्रणमा लिई छानबिन गर्दा उक्त रकम लुटिएको नभई आलमले घरमा लुकाई रोखेको खुल्न आएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । लुटिएको भनिएको उक्त रकम आलमको घरबाट बरामद गरिएको समेत प्रहरीले जानकारी गराएको छ ।

पक्राउ परेका आलम उपर ठगी, अपराधिक विश्वासघात गरी झुठ्ठा अफवाह फैलाएको कसुरमा बुधबार नै सप्तरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित