सुनौला हजार दिनका बझाङ्गी आमालाई उपाध्यक्षको कोसेली

बझाङ । जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिका भित्र रहेका सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष जनकबहादुर दौल्यालले कोशेली दिन सुरु गर्नु भएको छ । विगतका बर्ष जस्तै यस बर्ष पनी सुनौला हजार दिनका आमाहरुको स्वास्थ्य अबस्थालाई सुधार गर्ने उदेश्यले दुर्गाथली गाउँपालिका भरी रहेका हजार दिका आमाहरुलाई झोला,पाखी, सल,तौलिया,साबुन, साबुन दानि,टुथ पेष्ट,टुथ बुरुस, र नेलकटर उपलब्ध गराएको हो ।

उपाध्यक्ष कोसेली कार्यक्रम अन्तरगत उनिहरुलाई सरसफाईका सामाग्री तथा न्यानो कपडा वितरण गरेको हो । गत बर्ष पनि यसै कार्यक्रम अन्तरगत न्यानो लुगा, बलाङकेट तथा पौष्टिक आहारयुक्त दाल बितरण गरेको दुर्गाथलि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बम बहादुर भण्डारीले बताए ।

गाउँपालिका भित्र रहेका ७ वटै वडामा रहेका स्वास्थ्य चौकी मार्फत वडा अध्यक्षको रोहवरमा उपाध्यक्ष जनक दौल्यालको उपस्थितीमा कोसेली बितरण गरिएको हो । गाउँपालिका बाट खटिएको उपाध्यक्ष सहितको स्वास्थ्यक्रर्मीको टोलीले कोशेली स्वरुप झोला,पाखी, सल,तौलिया,साबुन, साबुन दानि,टुथ पेष्ट,टुथ बुरुस, र नेलकटर प्रति ब्यक्तिलाई वितरण गरीएको हो । कोसेली संग संगै गर्भवती आमा तथा बच्चाको स्वास्थ्य परिक्षण , खोप सेवा निरन्तरताका लागी सचेतना कार्यक्रम समेत गरिएको स्वास्थ्य संयोजक भण्डारीले बताए ।

दुर्गाथली गाउँपालिका वडा नम्बर ७ की २२ बर्षिया शुशिला दौल्यालले गाउँपालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम अन्तरगत सरसफाईका सामाग्री आफुहरुलाई हस्तान्त्रण गर्नुका साथै यसका विषयमा सचेतना जोगाएका कारण सुनौलो हजार दिनका बच्चा तथा आमाहरुलाई ठूलो राहत पुगेको बताईन् । गत बर्ष पनि चिसो मौसमको समयमा यहाँका हजार दिनमा आमाहरुलाई ब्लाङ्केट र पौष्टिक आहारयुक्त दाल वितरण गरी पौष्टिक आहारका विषयमा जानकारी दिएको बताईन् ।

यस्ता कार्यक्रमहरुले आफुलाई समेत स्थानिय सरकार आएको अनुभुती भएको निशा जप्रेलले भनिन् , ‘ कोसेली कार्यक्रम मार्फत खोपको मात्र कती लगाउने ? स्तनपान कती पटक र कसरी गर्ने ? बच्चाको स्वास्थ्य अबस्था के कस्तो छ ? बच्चालाई कसरी स्याहार गर्ने ? लगायतका कुराको समेत जानकारी आफुहरुले पाउने गरेको बतानइन् ।’

दुर्गाथली गाउँपालिकाले यसै आर्थिक बर्ष २०८१–०८२ को निती तथा कार्यक्रममा सुनौला हजार दिनका आमालाई कोसेली बितरण मार्फत स्वास्थ्य अबस्था सुधार गर्ने निती लिएको गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्यालले बताए । उनले भने ‘हामीले गाउँपालिकामा रहेका नागरिकहरुको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी कोसेली बितरण गर्दै आएका छौ । उपाध्याक्ष संग कोसेली कार्यक्रम निकै नै प्रभावकारी हुदै गएको छ ।

यसै नीतिअन्तरगत प्रत्येक महिला नागरिकको घर दैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने जस्ता कार्यक्रमहरु पालिकाले अघि सारेको दौल्यालले बताए । यसका साथै महिला स्वास्थ्य स्वयम्सेबिकालाई समेत विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्ने लगायतका एक दर्जन भन्दा बढी जनमुखी कार्यक्रम गरि रहेको बताए’ ।

ग्रामिण क्षेत्रका सुनौलो हजार दिनका आमा तथा बच्चाहरु कुपोषणका कारण स्वास्थ्यमा समेत नराम्रो असर पर्दै आएको छ । स्थानीय सरकारमार्फत सुनौला हजार दिनका आमाको स्वास्थ्य सुधारका लागी प्रयासहरु हुदैँ आएको भए पनि अझैसम्म पनि ग्रामीण बस्तीका बालबालिकाहरु कुपोषण सिकार हुने गरेका छन् । यसको अन्त्य गर्नका लागी र सिंहदरबारको अधिकार गाउँ तथा नागरीकहरुको घरदैलोमा पुगेको अनुभुति दिलाउने उदेश्यले पनि यस्ता कार्यक्रम पालिकाले अघि सारेको उपाध्यक्ष दौल्याललेल बताए ।

दुर्गाथली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झलक दौल्यालले सुनौला हजार दिनका आमा तथा बच्चाहरुको स्वास्थ्य अबस्था सुधार गर्नका लागी पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम , बहुक्षेत्रिय पोषण कार्यक्रम र अन्य पोषणका बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए । उहाँले पालिकामा प्रयोशाला, अल्ट्रासाउण्ड सेवा, ओटिसी सेन्टरहरुको स्थापना र तत्काल सुत्केरी ब्याथा लागेमा निशुल्क एम्बुलेन्स सेवा मार्फत पालिकामा दुई वटा एम्बुलेन्सहरु चौबिसै घण्टा संचालनमा ल्याएको बताए । पालिकाले सुनौला हजार दिनका आमाका लागी मात्रै नभएर अन्य नागरीकहरुका लागी पनी स्वास्थ्य परिक्षण र जनचेतनामुक कार्यक्रमहरु समेत संचालन गर्दै आएको बताए’ ।

वडा नम्बर १ देखी ७ सम्म नै यस्ता कार्यक्रमहरु संचालन गरी रहेको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए । आफुहरु निर्वाचित भएर आई सकेपछी जनताका मागका आधारमा नागरीक प्रत्यक्ष रुपमा लाभासन्वत हुने खालका कार्यक्रमहरु आफुहरुले संचालन गरी रहेका बताए ।

यस बर्ष उपाध्यक्ष संग कोसेली कार्यक्रम मार्फत वडा नम्बर ७ मा ८३ जना, वडा नम्बर ६ मा ५३ जना, वडा नम्बर ५ मा ६९ जना, वडा नम्बर ४ मा ३४ जना हजार दिनमा आमाहरुले सेवा लिएका छन् । यस्तै वडा नम्बर १ मा ४०, वडा नम्बर २ मा ५८ र वडा नम्बर ३ मा ४५ जना गरी पालिका भरी बाट जम्मा ३ सय ८२ जना हजार दिनका आमाहरु यो कार्यक्रम मार्फत लाभान्वित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित