पोखरा स्पोर्ट्स अवार्ड स्थगित

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा हुने टीभीएस अपाचे पाँचौं पोखरा स्पोटर््स अवार्ड समारोह कोभिड–१९ का कारण स्थगित गरिएको छ ।

यही २१ वैशाखमा पोखरा सभागृहमा आयोजना हुने गरी मञ्चले पूर्वघोषणा गरेको पाँचौ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।

मानवसभ्यता नै अफ्ठ्यारोमा पार्नेगरी फैलिएको कोराना भाइरसले विश्व नै प्रभावित भैरहेको अवस्थामा मञ्चले अवस्था सामान्य नभएसम्मका लागि अवार्ड स्थगित गरे पनि आन्तरिक तयारी भने निरन्तर जारी राख्ने जनाएको छ ।

विगतमा झैं समारोहलाई निरन्तरता दिन मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन भई तयारी जारी रहँदा कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएको विषयलाई मनन गरी दिन सम्पूर्ण खेलप्रेमी, खेलसंघ संस्था, पत्रकार, विज्ञापनदाता एवं शुभचिन्तकमा अनुरोध गरेको छ ।

बतास ब्रदर्सको प्रायोजनमा मञ्चले लाइफटाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल संघ र पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गर्नेछ ।

यसैबीच, मञ्चले सम्पूर्ण सदस्यलाई समाचार संकलनक्रममा आफ्नो स्वास्थ्य सुरक्षाप्रति सतर्क रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

epaper

ताजा समाचार

व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ