३४५ फरार प्रतिवादी पक्राउ

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मुद्दामा फरार रहेका ३४५ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष साउन देखि पुस मसान्तसम्म ३४५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसी तथा प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए ।

डीएसी तथा प्रवक्ता जोशीका अनुसार साउनमा ७,भदौमा १९,असोजमा १८, कार्तिकमा ६३, मङ्सिरमा ८३ र पुसमा १५५ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरूमा ३९ वर्ष जेल सजाय सुनाइएका कर्तव्य ज्यानका आरोपीदेखि, किर्ते जालसाजी, बिगो जरिवाना र चोरी घटनासम्मका अभियुक्त रहेको डीएसी तथा प्रवक्ता जोशीले बताए ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका फरार प्रतिवादीलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित मोरङ जिल्ला अदालतमा पठाईएको हो । उक्त फरार प्रतिवादीहरुबाट ४८ लाख ५१ हजार ३८ रुपैया जरिवाना रकम संकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ