ठाटीकाँध गाउँपालिका अध्यक्ष र वडाविरुद्ध नारा जुलुस

दैलेख । कोभिड –१९ को संक्रमण फैलिन नदिन सरकारले चौथो पटक लकडाउन थपेको छ । लकडाउनमा एक वडादेखी अर्को वडा,एक गाउँपालिका /नगरपालिकादेखी अर्को नगरपालिका, एक जिल्ला देखी अर्को जिल्ला प्रवेश निषेध छ । तर ठाटीकाँधका गाउँपालिका अध्यक्ष धिरबहादुर शाही र वडा नं २ का वडाअध्यक्ष रुपलाल विश्वकर्मा प्रशासनिक सडक बाटो बन्द गरेर लकडाउनमा जनता भिडाउन लागि परेको छन् ।

प्रशासनिक मार्ग गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको घरबाट पाउनुपर्ने माग राख्दै वडाअध्यक्ष विश्वकर्माले डोजरको साँचो खोसेपछि आईतवार ठाटीकाँध गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै मतदाता जनप्रतिनिधीका विरुद्धमा खनिएका हुन् ।

वडा नं २ का वडाअध्यक्ष रुपलाल विश्वकर्माले गाउँबाट मान्छे बोलाई सडक बन्द गर्न लगाएपछि वडानं –१ का स्थानीयबासी त्यसको प्रतिरोधमा उत्रिएका थिए । उत्तेजित भिडले गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष विरुद्ध नाराजुलुस गरेर अध्यक्षलाई घेराउ गरेपछि प्रहरी चौकी ठाटीकाँधले अध्यक्षलाई सुरक्षित गर्न चौकीमा लगेको थियो ।

प्रशासनिक मार्ग मटेला–प्याडुली –भैरवस्थान –ठाटीकाँध बजार हुदै पाँचाला –आग्र –स्यालेकाँध जाने रातो किताबमा उल्लेख भएपनि गाउँपालिका अध्यक्ष शाही र विश्वकर्मा आफ्नो घरबाट सडक लिने भन्दै बाटो खन्न लागेको डोजेर रोकेपछि विवाद भएको हो । एक बर्षदेखि ठाटीकाँध सडकखण्डमा पर्ने प्रशासनिक मार्गकोलागि जनप्रनिधिले विवाद गर्न थालेपछि काम अगाडी बढन सकेको छैन ।

केही महिना अगाडी नेकपाले रातो किताबमा भएकै ठाउँबाट मार्गको ट्रयाक खोल्ने पार्टीको निर्णय भएको नेकपाका ठाटीकाँधका गाउँकमिटी अध्यक्ष निर्मल रावतले बताए । ‘पार्टीले रातो किताबमा उल्लेख भएकै ठाउँबाट सडक खन्ने निर्णय गरेको छ । त्यतिवेला गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष समेत सहमति जनाएका थिए । अहिले आएर विकासमा विवाद गर्नु राम्रो कुरा होइन ।’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आफैले बाटो खन्नुपर्छ भनेर सहमति गराएकाले आफुले नरोक्ने दाबी गर्छन् । वडानं १ का स्थानीयबासी भने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको वडानं २ नै भएकाले त्यहीबाट लिनुपर्छ भनेर वडाअध्यक्षलाई निर्देशन दिएको र वडाअध्यक्षले गाउँबाट मान्छे बोलाई डोजेर रोकेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार