मध्यनेपाल महोत्सवः दर्शकको चापले एक दिन थप

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा सञ्चालन गरिएको प्रथम मध्यनेपाल महोत्सर्व क दिन थप गर्दै सम्पन्न भएको छ । दर्शको चाप र व्यापारीहरूको मागका कारणले एक दिन थप गरी ११ दिन चलेर महोत्सव सम्पन्न भएको हो ।

दश दिनसम्म सञ्चालन गर्ने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईले जनाएको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति मध्यनेपालको आधार’ भन्ने नाराका साथ सञ्चालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकार र विभिन्न साँस्कृतिक प्रस्तुतिहरू रहेको थियो ।

महोत्सवको अन्तिम दिन चर्चित गायक बद्रि पंगेनी लोकदोहोरी गायिका तुलसा क्षेत्रीसँगै स्थानीय कलाकारहरूको प्रस्तुतिमा दर्शकहरु निकै रमाएर नाचेका थिए । गायक बद्रि पंगेनीसँग सेल्फी खिच्नेको उत्तिकै भिड थियो । महोत्सवकै अवसरमा पालिका भित्रका माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता, महिला तथा आमा समुहको नृत्य प्रस्तुती, ठाडोभाका विशेष प्रस्तुती रहेको थियो ।

समापनका क्रममा प्रतियोगिताका विजेतालाई पुरस्कार सहित झाँकी ¥यालीमा सहभागीमध्ये उत्कृष्ट समुहलाई पुरस्कार, विभिन्न व्यक्ति तथा समूहलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको आयोजक समितिका प्रवक्ता एवम् वडानं– ५ का अध्यक्ष ओमबीर गुरुङले बताए ।

आर्थिक मन्दिको प्रभावले सुस्ताएको यस क्षेत्रको व्यापार व्यवसायलाई माथि उठाउने, स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य सहित प्रथम मध्येनेपाल महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टराईले बताए ।

उनका अनुसार महोत्सव अवधिमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको, एक करोडको कारोबार भएको आंकलन गरिएको छ । उनले भने, ‘सुस्ताएको बजार चलायमान भयो, स्थानीय कला संस्कृतिको प्रवद्र्धनका क्षेत्रमा कोशेढुंगाको काम भएको छ ।’ दोस्रो महोत्सवका लागि राम्रो अनुभव हासिल भएको, महोत्सवमा यो क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगरदेखि अल्पसंख्यम कुमाल, दरै जातिको समेत संस्कृतिले उजागर हुने मौका मिल्यो, सबैप्रकारका जातजातिको आपसी सम्बन्ध र सदभाव झनै गहिरो बनेको मूलसमितिका संयोजक भट्टराईले बताए ।

उनले भने, ‘मनोरञ्जनका लागि यस ’roundका बासिन्दाहरूलाई तनहुँको सदरमुकाम दमौली वा कास्कीको पोखरा जानु पर्ने थियो, आफ्नो गाउँघरमै एउटै थलोमा राष्ट्रिय कलाकार स्थानीय संस्कृतिका कलाकारहरूलाई देख्न र उनीहरूका साथमा रमाउन पाउँदा दर्शकहरू अधिक खुशी भएको पाइयो ।’

महोत्सवमा दुईसय बढी व्यवसायिक तथा प्रवद्र्धनात्मक स्टलहरु रहेका थिए । महोत्सवमा मनोरञ्जनका निम्ती बाल उद्यान निर्माण भएको थियो भने कृषि, पुष्प तथा जडीबुटी, स्थानीय घरेलु तथा हस्तकला, औद्योगिक तथा व्यापारिक प्रदर्शनी रहेको थियो ।

महोत्सवको समापन कार्यक्रम गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख अतिथ्यता थियो । मन्त्री पौडेलले जिल्लामा आयोजना गरीएको महोत्सवले समग्र जिल्लाको पर्यटन व्यवसायमा नयाँ आशा पलाएको विश्वास व्यक्त गरे । उनले गत वर्ष लमजुङ महोत्सवमा मुलुककै अभिभावक राष्ट्रपती रामचन्द्र पौडेलको उपस्थितीमा लमजुङ भ्रमण वर्ष घोषणा गरिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय नजर लमजुङमा परेको दावि गरे । पर्यटनबाट समृद्धि सम्भव भएको भन्दै मन्त्री पौडेलले अव जिल्लाको पर्यटन विकासमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रथम मध्यनेपाल महोत्सव मुल आयोजक समिति संयोजक एवम् उद्योग बाणिज्य संघका दुईपिप्ले सोतिपसल इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन महोत्सव प्रवक्ता एवम् मध्यनेपाल नगरपालिका– ५ का वडाअध्यक्ष ओमविर गुरुङले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा उम्मेद्वार टुङ्ग्याउनै सकस