पञ्चवर्षीय मेलापश्चात गढीमाईमा सरसफाई

बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सरसफाई गरिएको हो । मन्दिर क्षेत्र भित्र थुपारेर राखिएको फोहरहरुलाई जनप्रतिनिधिको सहभागितामा सरसफाई गरिएको हो ।

‘स्वच्छ वातावरण, हाम्रो सामूहिक जिम्मेवारी ‘ नाराको साथ विश्व प्रसिद्ध गढीमाई मन्दिर सरसफाई गरिएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । विश्वको नजरमा रहेको माताको मन्दिर वरिपरि जनप्रतिनिधि लगायत स्थानीय भद्र भलादमीको सहकार्यमा सरसफाई गरिएको यादवले बताए ।

पञ्चवर्षीय मेला सके पछि गढीमाई मन्दिर प्राङ्गण दुर्गन्धित हुने मान्यतालाई निरुत्साहित गर्न व्यापक जनसहभागिता, नगरप्रहरी परिचालन गरि मन्दिर क्षेत्र सरसफाई गरिएको नगरप्रमुख यादवले बताए । मन्दिर दर्शन गर्न आउने भक्तजन स्वच्छ वतावरणको महसुस गर्न पाउने प्रतिवद्धता गरेका छन् । मन्दिरको सरसफाईमा कुनै किसिमको सम्झौता नगरिने यादवले भने ।

मन्दिर सार्वजनिक धरोहर रहेकोले सबैले यसको सरसफाई, रेखदेख संरक्षण गर्नुपर्नेमा नगरप्रमुख यादवले जोड दिएका थिए । आफ्नो कार्यकाल मे दुई चोटी पञ्चवर्षीय मेला भव्यताको साथ सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर