तनहुँमा बोलेरो पल्टिदा युवतीको मृत्यु

तनहुँ । बोलेरो जिप पल्टिदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने सन्जु पोख्रेलको रहेकी जिल्ला ट्राफिक प्रहरी तनहुँ प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।

पोख्रेलको उपचारका क्रममा पोखरामा मृत्यु भएको उनले जानकारी दिए। डेढगाउँबाट पोखरातर्फ जॉदै गरेको जीप दुर्घटनामा परेको हो । ग १ ज ७५०२ नम्बरको बलेरो जीप आफै अनियन्त्रीत भई सडकबाट २ सय मिटर तल खस्न गई दुर्घटना भएको हो।

दुर्घटनामा दिलमाया खत्रीको नाक र मुखमा चोट लागेको छ । यस्तै सुनिता खत्रीको ढाड र मुखमा चोट अवस्था सिरियस रहेको छ भने सोही स्थानमा बस्ने वर्ष ७ का अविषेक खत्रीको बायाँ आखाँमा चोट लागेको छ।

यस्तै ६ महिनाका अनिल खत्रीको बायाँ गालामा चोट अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। सहचालक सन्तोष परियारको देब्रे खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध