फउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान

सप्तरी । तराई मधेश महिला फाउण्डेशन नेपालले हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा तीनै तहमा निर्वाचित भएका पदाधीकारीहरुलाई सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी फाउण्डेशनकी अध्यक्ष सुनिता साह “क्रान्ति”ले पत्रकार महासंघका निर्वाचित पदाधीकारीहरुलाई दोसल्ला तथा उपहारबाट सम्मान गरेकी हुन ।

कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुले महिला शसक्तिकरणका लागि अझ सशक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिइन् ।

सो अवसरमा महासंघका अध्यक्ष श्रवणकुमार देवले सम्मानसँगै आफूहरुको जिम्मेवारी बढ्दै गएको बताउँदै समाज उत्थानका लागि आफूहरुले कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह