बझाङ । जंगली भालुको आक्रमणबाट बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख ईन्स्पेटर लोकेन्द्र ठगुन्नाका अनुसार उनको जिल्लामा उपचार सम्भव नभए पछि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)






