भारतको जलगाउँ रेल दुर्घटना: ४ नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्रको जलगाउँ रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चार नेपाली नागरिक पनि रहेका छन् । लखनऊ-मुम्बई पुष्पक एक्सप्रेस ट्रेनमा आगलागीको अफवाह पछि यात्रुहरू बीच त्रास फैलाएपछि मानिसहरूको मृत्यु भएको बताईएको छ।

उनीहरुमध्ये धेरैले हाम फालेको र अर्को आउँदै गरेको ट्रेनले किचेर मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा नेपालीहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । मृतक १३ जनामध्ये सात जनाको सनाखत भएको छ भने छ जनाको ’boutमा कुनै जानकारी नभएको महाराष्ट्र सरकारले जनाएको छ। मृत्यु हुनेमा चार जना महिला रहेका छन् ।

दुर्घटनापछि रेल मन्त्रालयले मृतकका परिवारलाई जनही १.५ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ र सामान्य घाइतेलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

“महाराष्ट्रको जलगाउँमा रेलवे ट्र्याकमा भएको दुःखद दुर्घटनाबाट दुखित भएको छु। म शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु र सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भव सहयोग उपलब्ध गराउँदैछन्,” प्रधानमन्त्री मोदीले लेखेका छन् ।

डाभोसको विश्व आर्थिक मञ्चमा उपस्थित महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुःखद घटनामा आफ्ना प्रियजन गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। दुर्घटनामा शोक व्यक्त गर्दै उनले एक भिडियो सन्देशमा भने: “राज्य सरकारले घाइतेहरूको सम्पूर्ण खर्च पनि व्यहोर्नेछ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी