जुम्लामा स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी तालिम प्रदान

जुम्ला । हिमाली जिल्ला जुम्लामा स्याउ बगैंचा व्यवस्थापन विषयक अधिकृतरसहायक स्तरीय ३ दिने तालिम सञ्चालन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार, परियोजना समन्वय एकाइ, सुर्खेत र परियोजना कार्यान्वयन योजना जुम्लाको संयुक्त आयोजनामा ३ दिने तालिम सञ्चालन गरिएको हो।

आठ जिल्ला (जुम्ला, कालिकोट,डोल्पा, मुगु, दार्चुला र बाजुरा,अछाम, हुम्ला) का ३१ जना सहभागीलाई तालिम दिइएको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए।

तालिममा सहभागी मध्यका एक परियोजना कार्यान्वयन एकाइ डोल्पाका निमित्त वरिष्ठ कृषि अधिकृत गोबिन्द बहादुर मल्लले धेरै प्रयोगात्मक सीप र नयाँ प्रविधि का ज्ञान ग्रहण गरेको बताए।

उच्च घनत्वको स्याउ बिरुवा को काँटछाट, रेखदेखका कुरा आम किसान सँग पुर्याउन यो तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको उनले जानकारी दिए।
स्याउमा सवालमा कृषि सम्बद्व जनशक्ति नै जानकार नभएपछि किसानले लाभ लिन नसक्ने भएकोले यस पटकको तालिमले यो अभावलाई चिर्ने उनले विश्वास व्यक्त गरे ।

प्रशिक्षक तथा बालि संरक्षण विज्ञ वेदप्रसाद चौंलागाईले फुजी र गाला स्याउ खेती नयाँ र समस्याग्रस्त भएकोले यस पटकको तालिममा सहभागीले सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन्।

फलफूलमा लामो अध्ययन, अनुसन्धान चाहिने परियोजना कार्यान्वयन एकाइ खुमलटार, ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले बताए। चाँडो प्रतिफल दिनेगरि मागमा आधारित जातहरुको स्याउ खेतिमा जोड दिनुपर्ने उनको भनाइ छ।

विरुवालाई सन्तुलित पोषण दिनुपर्ने देखिन्छ। प्राविधिकहरुले सीप, ज्ञान र तौर तरिका सिक्दा यसको फैलावट गुणात्मक भएर अघि बढ्ने बताए।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली