रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटका २ जनामा कोरोना भाइरस संक्रमण भएको देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका वाड नंं ९ भुसाहा बस्ने २४ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिका वाड नंं १ करुनिया बस्ने ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् । बृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन । कलकत्ताबाट आएका ति युवा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो ।

प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि ति युवालाइ घर फर्काइएको थियो । उनको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख साहले जानकारी दिए । देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । उनी भने दिल्लीबाट आएका थिए । संक्रमीत २ जना नै नेपालमा लकडाउनपछि भारतबाट चोरबाट हुदैन नेपाल आएका थिए ।

यस’bout जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले अहिलेसम्म आफुलाइ आधिकारीक जानकारी नआएको बताएका छन् । तर आफु आन्तरीक गृहकार्यमा लागी परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो