सत्ता गठबन्धनलाई थप कसिलो बनाएर लैजाने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले बर्तामान सत्ता गठबन्धनलाई थप कसिलो बनाएर लैजाने निश्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले नेकपा एमालेसँगको गठबन्धनलाई थप कसिलो बनाएर २०८४ सम्मै लैजाने निष्कर्ष निकालेको हो ।

आजको दलको बैठकमा भएको छलफल’bout जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताएका छन् ।

‘अहिले ३-३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भने ।

विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टिकरण दिए ।

‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् । हामीले लगानीसम्बन्धी अध्यादेश पारित गर्‍यौँ त । यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय हो’, उनले थपे ।

आगामी सदनमा काँग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित