ताप्लेजङ छिर्ने सडक बन्दको आव्हान

इलाम । माघ १५ गते (आज) देखि पुर्वको मेची हाइवे, तमोर करिडर र ताप्लेजङ छिर्ने सडक अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । शनिबार मुकुम्लुङ संघर्ष समिति तथा स्थानीयमाथि गोली चलाएको विरुद्ध अनिश्चितकालीन बन्द घोषणा भएको हो ।

मुकुमलुङ बचाऊ संघर्ष समितिका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएको छ । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा लागायतले हस्ताक्षर गरिएको छ ।

बिज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको भन्दै गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाएको छ ।

बेकशुरमा निर्मम लाठीचार्ज गर्दै गोली प्रहार गरेर घाइते बनाएको भन्दै दलाल माफिया पूँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गरेको आरोप लगाउदै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने अडान छ । शान्तिपूर्ण प्रदर्सनको लागि भेला भएको समुहमा गोलि चलाएकोले अनिश्चितकालिन बन्द आहृवान गर्न बाध्य भएको उल्लेख छ ।

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले घटना ’bout प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा १२ गते सदाझै नियमित सुरक्षा गस्ती गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीले केही संकास्पद गतिविधि भएको सूचनाको आधारमा बल्लुडाँडास्थित निशा राई र रमेश राईको गाई गोठमा सामान्य अनुगमन गर्दा घरेलु हतियार बामफोक, खुकुरी, गुलेली र लठ्ठी समेत नियन्त्रणमा लिने क्रममा फुङलिङ नगरपालिका वडा नं. ११ वल्लुडाँडामा मिति २०८१ बैशाख ३१ गते रुख कटान भएको दिनदेखि नै अस्थायी डेरा जमाई बसेका केवलकार निर्माण विरोधी समूह र सुरक्षाकर्मीबीच सामान्य विवाद भएको उल्लेख छ ।

गस्ती गर्दै अगाडी बढेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीका कमाण्डर प्र.नि. सहितको टोली माथि केवलकार विरोधी समूहबाट एक्कासी ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गरी आक्रमणमा उत्रिए पश्चात उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीबाट आत्मरक्षाको अन्तिम विकल्पको रुपमा हवाई फायर गर्ने सम्मको अवस्था प्रदर्शनकारी समूहकै कारण सिर्जना भएको उल्लेख छ । मुकुमलुङ घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग विभिन्न संघसंस्था लगायतबाट बिज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने