लिभरपुलका लेजेन्ड रोविन्सनको निधन

मड्रिड । रिपब्लिक अफ आयरल्यान्ड तथा इंग्लिस क्लब लिभरपुलका पूर्वफरवार्ड माइकल रोविन्सनको निधन भएको छ । छालाको क्यान्सरबाट ग्रसित रोविन्सनको ६१ वर्षको उमेरमा निधन भएको लिभरपुलले जनाएको छ । उनको २०१८ मा छालाको क्यान्सर पत्ता लागेको थियो । त्यसयता, उनी नियमित रूपमा उपचार गराइरहेका थिए ।

रोविन्सनले लिभरपुलबाट एक सिजन १९८३ देखि ८४ सम्म खेल्दा लिग उपाधिसहित युरोपियन कप र लिग कप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । यस्तै, रोविन्सनले इंग्लिस क्लब प्रिस्टन, म्यानचेस्टर सिटी, ब्राइटन, क्यूपीआर र रेन्जर्सबाट समेत खेलेका थिए । उनले सन् १९८९ मा स्पेनिस क्लब ओसासुनाबाट खेल जीवनको अन्त्य गरेका थिए । त्यसपछि उनी स्पेनको सबैभन्दा ख्यातिप्राप्त प्रसारणकर्तामध्येका एक बनेका थिए । आयरल्यान्डका लागि २४ खेल खेलेका उनले ४ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

लिभरपुलले विज्ञप्ति जारी गर्दै उनको निधनप्रति समवेदना प्रकट गरेको छ । यस्तै, इंग्ल्यान्डका फरवार्ड तथा बीबीसीका म्याच अफ डेका प्रस्तुतकर्ता ग्यारी लाइनकरले उनी राम्रो फुटबलर मात्र नभई स्पेनको पोस्ट फुटबलको राम्रो प्रस्तुतकर्तासमेत रहेका बताएका छन् । स्पेनिस टेनिस खेलाडी राफयद नाडाल, स्पेनका पूर्वगोलरक्षक इकर कासियास र स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले पनि उनको निधनमा समवेदना प्रकट गरेका छन् । अध्यक्ष मारियाले रविन्सनको निधनले विश्व फुटबललाई घाटा भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग