जालमाको रिमेक फेरी जालमा…रिलिज

काठमाडौं । रेसम फिलिली चलचित्रको सिक्वेलको रूपमा निर्माण भएको चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा…’को भिडियोलाई बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

त्यो पारिपटी डाँडामा घाम लाग्यो घमाइलो…बोलको य यो रिमेक गीतमा कालीप्रसाद बासकोटाको संगीत, मानस राजको शब्द छ । गीतलाई काली प्रसाद र सोमिया बराईलीले गाएका हुन् । यो गीतको भिडियामा चलचित्रका अभिनेता अभिनेत्री विनय श्रेष्ठ र सुपुष्पा भट्टको अभिनय छ । भिडियोमा प्रदीप लामाले कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

२०७१ सालमा रिलिज गरिएको जालमा…त्यति बेला भाइरल भएको थियो । रेशम फिलिली चलचित्रको सिक्वेलसँगै जालमा गीतको पनि रिमेक गरिएको यो चलचित्रका निर्माता रौनक विक्रम कँडेलले राजधानीलाई बताए ।

यो सिक्वेल चलचित्र फेरी रेशम फिलिलीलाई महाशिवरात्रिको अवसर पारेर आगामी १४ फागुनबाट रिलिज गरिने छ । चलचित्रलाई निरज महर्जनले लेखन तथा निर्देशन गरेका हुन् ।

यो चलचित्रमा विनय, सुपुष्प, कामेश्वर चौरशियासँगै, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवन राज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता, सुरज बम ठकुरी कार्यकारी निर्माता र एनि थापा सह–निर्माता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग