पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’

काठमाडौं । नेपाली भाषा साहित्यको सिर्जनामा साढे ६ दशक अघिदेखि निरन्तर साधनारत श्रष्टा प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीको संयोजन तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको फाउन्डेसनको बैठकले यो निर्णय गरेको हो । फाउन्डेसनका अनुसार चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत योगदान दिएको ठहर सहित अग्रज चित्रकार शशि शाहलाई ‘वानीरा शंकर पुरस्कार’ समर्पण गरिने भएको छ । दिवंगत साहित्यकार डा.वानीरा गिरीको सम्मानमा स्थापित यो पुरस्कारको राशि पनि एक लाख रुपियाँ रहेको छ ।

यसै गरी कवि कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय फाउन्डेसनले गरेको छ । कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषा साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत यो पुरस्कार उनलाई प्रदान गर्न लागिएको हो । काठमाडौँमा चाँडै नै एक समारोहमा यी पुरस्कार प्रदान गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा