आगोको घाउ निको नहुँदै हृदयघातबाट वडाध्यक्षको मृत्यु

बागलुङ । आगलागीमा परी गम्भीर घाइते बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ ।

खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला हृदयघात भइ निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आगोको घाउ निको नहुँदै खनालको हृदयघातले मृत्यु भयो ।

गत बैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ स्थित शान्तिपुर बजारमा रहेको आफ्नै घरमा आगलागी हुँदा उहाँका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।

वडा अध्यक्ष खनाल र उनकी श्रीमती रुपा खनाल गम्भीर घाइते भएका थिए । घाइते भएलगत्तै खनाल दम्पतीलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

वडा अध्यक्ष खनाल बरेङ गाउँपालिकाका– ३ बाटाकाचौरका स्थायी वासिन्दा भए पनि मुख्य व्यापार व्यवसाय भने छिमेकी गुल्मी जिल्लाको शान्तिपुरमा लामो समयदेखि सञ्चालन गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध