संघको निर्वाचनकालागि खनालको समुहबाट १४ जना व्यवसायीद्वारा उम्मेदवारी सार्वजनिक

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनमा हुने निर्वाचनकालागि नेपाली कांग्रेशको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको आधिकारीक तर्फबाट अध्यक्षका उम्मेदवार भूवनसिंह गुरुङको उम्मेदवारीविरुद्ध असन्तुष्टी जनाएका अन्य ६ दाबेदार एकैठाउँमा रहँदै व्यवसायी कुमुद खनालको नेतृत्वमा १४ सदस्यीय भिन्दै समुहको उम्मेदवारी सार्वजनिक गरेका छन ।

चुनाव प्रचार संयोजकमा भुर्तेल

संघको आगामी निर्वाचनका लागि लोकतान्त्रिकको तर्फबाट अध्यक्षको उम्मेदवारीमा दाबी पेश गरेका एशोसिएसनमा आबद्ध ६ जना व्यवसायीले बिहीबार साँझ उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको विरोधगर्दै खनालको नेतृत्वमा १४ सदस्यीय भिन्दै समुहका उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन ।

सो समुहबाट संघको आगामी अध्यक्षमा फ्युजन इन्टरनेशनल प्रालिका सञ्चालक कुमुद खनाल,प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने,द्धित्तिय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, तृतिय उपाध्यक्षमा त्रिवेणी ओभरसिजका सञ्चालक लक्ष्मण पौडेल, महासचिवमा कर्णराज कटुवाल, सचिवमा इश्वर सापकोटा, कोषाध्यक्षमा हिमा गुरुङ रहेका छन् । यसैगरी, सो समुहको सदस्यहरुमा विक्रम श्रेष्ठ, चन्द्रबहादुर लिम्बु, तोरण कार्की, कैलाश पाठक, प्रकाश बोहोरा, राजकाजी भोलान र विश्वास तिमल्सीना रहेका छन् ।

सो समुहको तर्फबाट संयोजक मेघनाथ भुर्तेल, सह संयोजकमा नवरकिशोर यादब रहेका छन् यसैगरि, संरक्षकमा विमल ढकाल रहेका छन् । सो समुहको चुनाव प्रचार समितिमा चिरञ्जिवी बस्याल, शेषकान्त पुरी, भवानी प्रसाद निरौला रहेका छन ।

यसैगरी, सो समुहको चुनाव प्रचार आर्थिक समितिमा नारायण पराजुली, नगेन्द्रमणी पराजुली, देवी काफ्ले , कमल काफ्ले र नरेन्द्र बाबु राना रहेका छन् ।

अधिकारीक अध्यक्षका प्रत्यासी उम्मेदवार गुरुङको उम्मेदवारी बिरुद्ध यसअघि खनाल र न्यौपानेसँगै नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेल, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीबी बस्याल र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसीले दाबी पेश गरेका थिए । तर, एसोसिएसनले गुरुङलाई अधिकारीक उम्मेदवार बनाएपछि अहिले एसोसिएसनमा आवद्ध व्यवसायीबीच यस्तो बिबाद् उत्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ