आहारारामा १८ पेनाल्टी प्रहार

पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा १८ पेनाल्टीपछि बल्ल नतिजा निस्केको छ । पोखरा रंगशालामा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबले एनआरटीलाई सडन डेथको शिकार बनाउँदा दुवैतर्फ कुल १८ पेनाल्टी प्रहार हुन गएको थियो । लामो समयदेखि पोखरा रंगशालामा दुर्लभ नतिजा निस्केको हो ।

निर्धारित समयमा गोल गरेर अग्रता दिएको एनआरटी अन्ततः पेनाल्टी सुटआउटमा भने ६–५ गोलअन्तरले पराजित भयो ।

पेनाल्टीमा चर्च ब्वाइजका कीपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी रोकेका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

यो जितसँगै चर्च ब्वाइजले अब साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबसँग २८ माघमा तेस्रो क्वाटरफाइनल खेल्नेछ ।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट एक–एक गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा गोल नभएपछि अन्ततः टाइब्रेकरमा धकेलिएको हो ।

खेलको २५ औं मिनेटमा एनआरटीका लागि रिचर्ड विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा चर्च ब्वाइजले बराबरी खेल्यो । नवीन लामाले पेनाल्टी प्रहार सदुपयोग गर्दै गोल गरेका हुन् । उनैले पेनाल्टी सुटआउटमा थप २ गोल गर्न सके ।

शुक्रबारको खेल भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र संकटा क्लबबीच हुनेछ ।

गत २२ माघदेखि सुरु प्रतियोगितामा यसअघि नेपाल पुलिस क्लब र मच्छिन्द्र क्वाटरफाइनल प्रवेश गरिसकेका छन् ।

३ फागुनमा हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू