३ महिनादेखि उप–महानगरपालिकाको कामकाज ठप्प

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश नम्बर २ को अस्थायी राजधानीको उप–महानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरु कात्तिक महिनादेखि अहिलेसम्मको तलब पाउन सकेका छैनन् भने पालिका अन्तर्गतका शिक्षकहरु समेतको ३ महिनादेखि तलब भत्ताको भुक्तानी पाउन नसकेका छैनन् ।

उप–महानगरमा लेखा अधिकृतको आभावमा प्रशासकीय अधिकृत धर्मानन्द जोशीकै नाममा खाता संचालन थियो । तर नगरप्रमुख लालकिशोर साहले अवैध काममा समेत सिफारिस र आर्थिक कारोबार भुक्तानीका लागि दिँदै आएको दबावका कारण उनले पुसको दोस्रो सातामै सरुवा गराएपछि जनकपुरधाम उपमहानगरपालिकाको खाता नै संचालनमा नरहँदा आर्थिक कारोबार ठप्प छ ।

प्रशासकीय अधिकृत धर्मराज जोशी जनकपुरधाम उप–महानगरमा रहेको बेला नगरप्रमुख लालकिशोर साहका पिएसओले जनकपुर स्थित एक होटेलमा एक महिनासम्म खाना खाएको बिलको ७६ हजार रुपैयाँभन्दा बढीको भुक्तान गर्न नमान्दा प्रशासकीय अधिकृत जोशीको गाडी नै नगर प्रमुख साहले खोसेको थियो । तत्कालीन प्रशासकीय अधिकृत जोशीका अनुसार विभिन्न शिर्षकमा रहेको रहक मनोमानी ढंगले अवैध तरिकाले अनियमितता गर्न दवाव दिँदा आफुलाई पछि सरुवा गराइदिएको बताए ।

नगर प्रमुख साहले कार्यकर्ता, आसेपासे र नातेदार पाल्न अधिकृत जोशीलाई विभिन्न अवैध काममा सिफारिस र नभएका कामहरुको पनि भुक्तानी दिन दबाव दिँदै आएको कारण उनी आएदेखि नै तनावमा थिए । मेयर साहको तनाव सहन नसकेपछि उनी यहाँबाट सरुवा गराएर थिए ।
उप–महानगरका एक कर्मचारीका अनुसार नगरप्रमुख साहको अनुकुल काम नगर्ने कर्मचारी समेतलाई कुटपिट गर्ने, सरुवा गरिदिने लगायतका धाक दिँदै आएका छन् ।

लेखा अधिकृत आशुतोष ठाकुरलाई नगरप्रमुख साहले आफु अनुकुल नै काम गर्न भन्दै विल भुक्तानी फर्छयौटका लागि दबाव दिएपछि उनी अहिले १० दिनको शैक्षिक विदाको बहाना बनाई त्यहाँ निस्केको एक कर्मचारीको दाबी छ । उनको विदाको म्याद समेत सकिसकेपनि फर्केका छैनन् । यस सम्बन्धमा लेखा अधिकृत ठाकुरले कामको दबाब थेग्न नसकेपछिउप–महानगरको कार्यालयमा जान नसकेको बताए ।

दरबन्दीमा रहेका लेखा अधिकृत दिनेश साहले विद्युतिय बल्ब प्रकरणमा अख्तियारको छानबीनमा कारवाहीमा परेपछि निलम्बन भएदेखि जिल्ला समन्वय समितिमा रहेका ठाकुरलाई काज सरुवामा उप–महानगरमा पठाइएको थियो । यस सम्बन्धमा नगर उपप्रमुख रीता मिश्रले प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा खाता संचालन हुन नसकेपछि उपमहानगरपालिकाको आर्थिक कारोबार नै ठप्प भएको बताइन् ।

उनले भनिन, ‘प्रशासकीय अधिकृत धर्मानन्द जोशीको गत पुस महिनाको दोश्रो सातामा सरुवा भएको र काज सरुवामा रहेको लेखा अधिकृत आशुतोष ठाकुर समेत शैक्षिक विदामा रहेको कारण मंसिर महिनादेखि नै खाता सञ्चालन हुन नसकेको र सो अघि मुलुक भरकै पालिकाको सर्भर नै डाउन भएको कारण ३ महिनादेखि आर्थिक कारोबार ठप्प छ ।’

आर्थिक कारोबार ठप्प हुँदा दिनहुँ दर्जनौ व्यक्ति भुक्तानीका लागि उप–महानगरमा धाउने गरेका छन् भने कर्मचारी तथा शिक्षकहरु समेत तलब नपाउँदा तनावमा छन् । उनीहरुले तलब भत्ताको यथाशिघ्र व्यवस्था नगरिए उप–महानगरविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
नगर प्रमुख साहले अधिकृत जोशीको सरुवा भएपछि सो ठाउँमा मेहीलाल यादवलाई निमित्त प्रशासकीय अधिकृत तोकेका छन् । तर उनलाई आर्थिक कारोबारको जिम्मा भने दिइएको छैन । कर्मचारीहरुले प्रशासकीय अधिकृत केन्द्रबाट नआउँदासम्म निमित्त अधिकृतकै नाममा खाता संचालन गरी तलब खुवाउन माग गरेका छन् ।

यता निमित्त अधिकृत यादवले भने, ‘आर्थिक कारोबार ठप्प पछि उपमहानगरपालिकामा काम गर्न निकै समस्या भएको छ, तर गर्ने के आफूलाई आर्थिक कारोबारको जिम्मा दिइएको छैन र लेखा अधिकृतसहित कर्मचारी नै कार्यालयमा नआउँदा समस्या उत्पन्न भएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 802 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र