अवैध लागूऔषधको ट्रांजिट बन्दै सुनसरी

विराटनगर । सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ५७३ केजी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। स्कारपिओ, सफारी र मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको सुनसरीका प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

स्कारपिओ, सफारी र मोटरसाइकलबाट ५७३ केजी बरामद

प्रहरी प्रमुख तिम्सिनाले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा अवैध गाँजा बरामद गरेको बताए। विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको एचआर–७–ओई–९५०२ नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो ।

यसैगरी बिहिबार बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो ।

बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले बताए।
पछिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स,ट्रक तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् ।

कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी ,मोरङ, झापा ,धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको भएपनि नियन्त्रण हुन् सकेको छैन।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक