स्याङ्जामा ९७ प्रतिशतमा पुग्यो एचपिभी खोप

स्याङजा । माघ २२ गतेबाट शुरु भएको एचपिभी खोप ९७.५ प्रतिशत बालवालिकामा लगाइएको छन् । स्याङ्जाका ११ ओटै पालिकामा २२ गतेदेखी २५ गतेसम्म एचपीभी खोप ९७ प्रतिशतले लगाइसकेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले दिएको जानकारी अनुसार जिल्लाका ११ पालिकामा एचपिभी खोप लक्ष्य अनुसार नै पुग्ने बताएको छ । यो खोप २८ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध कक्षा ६ देखी १० सम्मका र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका बालवालिकालाई एचपिभि खोप दिइदै छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका अनुसार तीनदिन सम्म चलेको खोप अभियानमा पुतलीबजारमा ८५.७, भीरकोटमा ९९.५, वालिङमा ९७.७, गल्याङ्मा १०१.५ र चापाकोट नगरपालिकामा ८७.५ प्रतिशत बालवालिकालाई खोप लागाईएको जनाएको छ । त्यसैगरी फेदिखोलामा १०१.१, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १००.९, हरिनासमा, १०३, बिरुवामा ९९.५ र कालीगण्डकी गाउँपालिकामा १०७ प्रतिशत बालवालिकालाई खोप दिइसकिएको छ ।

स्याङ्जामा ९ हजार ३ सय १९ जना बालवालिकालाई यो खोप लगाउने लक्ष्य स्वास्थ्यको थियो । अहिले सम्म ९ हजार ८४ जना बालवालिकालाई यो खोप लगाइ सकिएको स्वास्थ्यले जनाएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका ११ तहमा माघ २२ देखी २८ गतेसम्म यो अभियान संचालन गर्दै छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाँईका अनुसार २२ गते ३ हजार ९ सय ३०, २३ गते २ हजार ८ सय ८८, २३ गते १ हजार ६ सय ४४ र २४ गते ६ सय २२ जना बालवालिकालाई खोप लगाइएको बताए । अब खोप लगाउने अन्तिम चरणमा पुगेको र लक्ष्य अनुसार सफलता मिल्ने उनले बताए ।

हरेक बर्ष पाठेघरको मुखको क्यान्सर रोगबाट धेरै महिलाहरुले ज्यान गुमाउन थालेपछि नेपाल सरकारले यो खोप अभियान शुरु गरेको हो । स्याङ्जामा ३ सय १९ खोप केन्द्रमार्फत एचपिभी खोप संचालन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित