सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन समूह एकजुट छ भन्ने सन्देश पार्टी सभापति शेरबहादुर देउवाले दिएका छन् । आफूलाई सभापति जिताउन सहयोग गर्नेहरुलाई शुक्रबार बिहान छलफल गरेर सभापति देउवाले यो सन्देश दिएका हुन् ।

बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा भएको थियो । कांग्रेसभित्र १५ औं महाधिवेशनको चर्चा चलिरहेका बेला सभापति देउवाले आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेल्न सबैलाई एक ठाउँमा भेला पारेर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकमा सभापति देउवाले यहाँ भएकामध्येबाट एकजना सभापति चयन गर्ने हो । त्यसका लागि तयारी गर्नसमेत निर्देशन दिएको बुझिएको छ ।

बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरू सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध