पीडित परिवारद्वारा कलैयामा प्रदर्शन

बारा । बाराको सदरमुकाम कलैयामा पीडित परिवारद्वारा प्रदर्शन गरिएको छ । आइतवार कलैया- ०९ रामपुरका मृतक प्रदिप मण्डलको परिवारद्वारा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

पीडित परिवारको घरबाट निस्केको रैलीले न्याय देउ, दोषीलाई सार्वजनिक गर, दोषीलाई कारवाही गर, दोषीलाई आजिवन कारवाही गर, संचालकलाई पक्राउ गर लगायतको नारा लगाउदै नगरको परिक्रमा गरेका थिए ।

प्रहरी कार्यालयको मुल गेटमा नाराबाजीलाई सम्बोधन गर्दै पुर्व संसद रामबाबु प्रसाद यादवले पिडित परिवारलाई धैर्य गर्न आग्रह गरेका थिए । स्थानीय देखी प्रत्येक दलका नेता यस्ता अपराधी घटना प्रति सचेत रहेको उनले बताए ।

प्रहरी प्रशासनले निष्पक्ष रुपमा आफनो दायित्व निर्वाह गरिरहेको समेत यादवले जानकारी गराए । प्रहरी प्रशासनलाई दबाव आए पनि स्थानीयको दबावको अगाडी सबै धरासयी भएको बताए ।

प्रहरी प्रशासनले नव जन्म सुधार केन्द्रमा मृतक मण्डल भर्ना भएका देखि मारपिट भएको दिन सम्मको सिसिटिभी फुटेज पिडित परिवारलाई प्रमाणको लागि दिने प्रतिवद्धता गरेको यादवले बताए । दोषीलाई कारवाही गर्न कुनै किसिमको सम्झौता नगरिने यादवले बताए ।

मृतकका दाजु श्यामसुन्दर धानुकले पत्रकार सम्मेलनमा रूदै आफुले आफनो भाई गुमाएको पिडा रहेको बताए । भाइका स-साना बालबालिकाहरु टुहुर भए, प्रहरीले न्याय नदिए यो भन्दा भयानक अवस्था आउन सक्ने चेतावनी दिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक दबाव र प्रभावमा नपरून, त्यसैले आज ट्रेलर मात्र देखाएको धानुकले बताए ।

प्रहरीले तुरून्त सात जनालाई पक्राउ गरि सकारात्मक संदेश दिएको मृतकका दाजु धानुकले बताए । प्रहरीले निष्पक्ष छानवीन गरि दोषीलाई कानुन बमोजिम कारवाही गरे मात्र आफुहरूको माग पुरा हुने उनले बताए ।

नव जन्म सुधार केन्द्रमा भएका सबैसंग बयान लिई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक संतोष तमाङ्गले जानकारी गराएका छन् । पुरानो सिसिटिभी फुटेजलाई समेत अनुसन्धानमा प्रयोग गरिरहेको तमाङ्गले बताए । केन्द्रमा संचालक लगायत सुधारका लागि बसेकासंग हुने गतिविधिलाई समेत अनुसन्धान गरिरहेको उनले भने ।

कुनै पनि प्रेशरले आफुलाई हल्लाउन नसक्ने उनले बताए । घटना घटे लगतै सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको प्रहरी उपरीक्षकले बताएका छन् । आफुले दोषीलाई कानुनको दायरामा ल्याई कारवाही गराउने तमाङ्गले पिडित परिवारसंग प्रतिवद्धता गरेका छन् ।

फागुन १ गते बिहिवार राती कलैया उप-महानगरपालिका वडा नम्बर १ बैक रोड स्थित नवजन्म पुनस्थापन केन्द्रमा कुटपिटबाट वडा नम्बर-९ रामपुर टोलमा बस्ने ३२ वर्षीय प्रदीप प्रसाद मण्डलको मृत्यु भएको थियो ।

पक्राउ पर्नेमा नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुर रहेको प्रहरी उपरीक्षक तामाङले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब